काठमाडौं– प्रदेश ३ को राजधानी र नामको टुंगो आज लाग्ने भएको छ।
प्रदेशसभा ३ को बैठकले नाम र राजधानीका विषयमा छलफल गरिरहेको छ।
हेटौंडामा जारी प्रदेशसभाको बैठकमा प्रदेश सरकारले राजधानी हेटौंडा र नाम वाग्मती राख्न प्रस्ताव गरेको छ। अहिले प्रदेशसभामा मतदान भइरहेकाे छ।
यो विषयमा सबै सांसद एकमत छैनन्। नेकपाकै सांसदबीच मतभेद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।