जनकपुर- अवैध खोला उत्खनन विरुद्धको अभियानी दिलीप महतोलाई हत्या नै गरिएको भनी प्रहरीले ठहर गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार साँझ पत्रकार सम्मेलन गरी दिलीपलाई केहि व्यक्तिहरुले पहिले नै समातेर फलामको लिभर (रड)ले कोखामा घोचि घाइते पारी खोलामा सुताएर ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको बताएको छ।
पत्रकार सम्मेलनमा धनुषाका एसपी रमेश बस्नेतले हत्याको आरोपमा विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई पक्राउ गरी हिरासतमा लिएको बताए। उनले घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको बताए।
हत्या गरिएको करिब ३६ घण्टापछि पोष्टमार्टम गरिएको थियो।
पोस्टमार्टम पश्चात दिलीपको शवलाई परिवारको जिम्मा लगाइएको छ। दिलिपको शव अहिले परिवारजनले बुझेर लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।