• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

जम्मा कति घण्टा सुत्दा मुटुरोगको जोखिम कम हुन्छ?

64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  ०८:३०
1140x725

एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातबाट हुने जोखिम दुई गुणा बढ्ने देखाएको छ।

एउटा नयाँ अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने देखाएको छ। अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा रहन्छ।

‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा पर्छन्। यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मानिन्छ।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन,’ भन्छन् अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा। उनी अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुसन्धान तथा उपचार सेन्टरका निद्रा साइकोलजिस्ट हुन्।

तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित नभएकोतर्फ पनि सचेत गराए। उनका अनुसार त्यस्ता व्यक्ति (मेटाबोलिक सिन्ड्रोम भएका) र अपर्याप्त निद्राबीच सम्बन्ध भने हुनसक्ने बताए।

‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग वा हृदयघातको जोखिम बढ्नुमा धेरै तत्वले प्रभाव पारेको हुनसक्छ,’ उनले भने, ‘स्वभावजन्य र जीवनशैलीका दृष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् साथै जसलाई मेटाबोलिक सिन्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जोखिम बढ्ने सम्भावना हुन्छ।’

‘अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूमा,’ उनले भने।

‘मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी  धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ,’ फर्नान्डेज–मेन्डोजाको भनाइ छ। उनी यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

अव्यवस्थित निद्रासम्बन्धी रोगको (अनिद्रा र निद्रा नपुग्नेमा समेत)  स्वभाव/बानी परिवर्तन र औषधि प्रयोगबाट प्रभावकारी उपचार गर्न सकिने उनले जनाएका छन्।

सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको इलेक्ट्रोफिजियोलोजी लेबोरेटरिज एन्ड क्लिनिक्सका निर्देशक डा. बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’

उनका अनुसार जेसुकै भए पनि यस्तो जोखिममा रहेका व्यक्तिले भने निद्रामा ध्यान दिनैपर्छ। ‘यस्ता व्यक्तिले पर्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्याप्त निद्रा लिनु उचित हुन्छ,’ लीले भने।

यो अध्ययनका लागि फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छानेका थिए। औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिए।

अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए। मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले पाए।

त्यस्तै, ६ घन्टाभन्दा बढी सुत्ने मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागीहरूमा भने मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो।

फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे, उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो।

अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो। किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेका थिएनन्।

‘एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ बताउन सकिँदैन,’ न्युयोर्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडिसिन डाइरेक्टर डा. स्टिभन फेन्सिल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। पर्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने।’

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित
प्रधानमन्त्री उपस्थित नभई संसद् बैठक चल्न नदिने कांग्रेसको अडान
प्रतिनिधि सभा बैठक ||LIVE||
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
संसद बैठक फेरि १५ मिनेटका लागि स्थगित बुधबार, वैशाख ३०, २०८३
प्रधानमन्त्री उपस्थित नभई संसद् बैठक चल्न नदिने कांग्रेसको अडान बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक ||LIVE|| बुधबार, वैशाख ३०, २०८३
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो बुधबार, वैशाख ३०, २०८३
संसद् बैठक १५ मिनेटका लागि स्थगित बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्