• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रचुर सम्भावना रहेको रेशम खेती संरचनाको अभावमा धरासायी 

 किम्बुको बिरुवा नपाएपछि यो वर्ष पनि किसान निराश
64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  १४:४५
1140x725

काठमाडौं- रेशम खेतीको प्रचुर सम्भावना रहेका मुलुकमध्ये एक हो नेपाल। विश्वमा ‘थ्रेड अफ क्विन’ भनेर चिनिएको रेशमको धागो उत्पादनका लागि अथाह सम्भावना रहेता पनि नेपालमा रेशम खेती विस्तारका लागि आवश्यक संरचना नहुँदा यो खेती बिस्तारै धरासायी बन्दै गएको छ। 

सरकारले कीट विकास कार्यक्रमअन्तर्गत रेशम खेती, मौरी पालन र च्याउ खेती विस्तार कार्यक्रम अघि सारेको छ। 

सरकारले रेशम खेती विस्तारका लागि मात्रै वार्षिक करोडौँ रकम बजेट छुट्याउँदै आएको छ। 

चालु आर्थिक वर्षमा रेशम खेती विस्तारका लागि सरकारले राज्य कोषबाट १ करोड बजेट छुट्याएको थियो। जसमा पनि कुल १४ क्लस्टर (७० हेक्टर) जमिनमा रेशम खेती विस्तारका लागि सरकारले पुनः १ करोड बजेट थप गरेको व्यवसायीक कीट विकास केन्द्रका बाली संरक्षण अधिकृत जगन्नाथ शर्माले बताए।

सरकारको लक्ष्यअुसार क्लस्टरमा रेशम खेती विस्तारका लागि भन्दै व्यवसायीक कीट विकास केन्द्रले प्रस्ताव आह्वान जारी गरेको थियो। 

केन्द्रले किम्बु बगैँचा स्थापना गर्ने क्षेत्र (भौगोलिक एवं प्राविधिक हिसाबले उपयुक्त) हुनुपर्ने, कम्तिमा एकै क्षेत्रमा २ वटा क्लष्टर(१० हेक्टर जमिन हुनुपर्ने) तथा २० वर्षका लागि जग्गा करारमा लिएको हुनुपर्ने सीमा तोकेको थियो।  

केन्द्रले जारी गरेको प्रस्ताव आह्वानमा पनि रेशम खेती गर्न इच्छुक थुप्रै आवेदनहरु परेको केन्द्रले जनाएको छ। त्यसमा तोकिएको सीमा पुरा गरेका १८ वटा किसानहरुको समूह रेशम खेतीका लागि आकर्षित छ। 

रेशम खेतीमा पछिल्लो समय युवाहरुको आकर्षण बढ्दै गएको केन्द्रले जनाएको छ। ‘अहिले थुप्रै युवाहरु रेशम खेती गर्न आकर्षित देखिएका छन्, रेशम खेती गर्दा बाँदरलगायत वन्यजन्तुले हैरान बनाउने समस्या हुँदैन। नेपालका थुप्रै जिल्लाहरुमा यो खेती गर्न सकिने तथा अन्य तुलनामा सजिलो पनि हुनेहुँदा युवाहरुमा आकर्षण बढेको छ‚’ वाली संरक्षण अधिकृत जगन्नाथ शर्माले नेपाल लाइभसँग भने। 

nimb
nimb
Ncell 2
Ncell 2

किम्बुको विरुवाको अभावमा किसान निराश
रेशम खेतीका लागि किम्बु (एकप्रकारको घाँस) खेती आवश्यक पर्छ। यो वर्ष १ करोड किम्बुका बिरुवाको माग थियो। चितवनको भण्डारास्थित किम्बुका बिरुवा उत्पादन गर्दै आएको  एकमात्र फार्म किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराले यो वर्ष मागअनुसार किम्बुका बिरुवा उत्पादन गर्न सकेन। 

किम्बुका बिरुवाको अभाव हुँदा रेशम खेती गर्न चाहेका युवाहरु निराश बनेका छन्। बिरुवाको अभावमा यो वर्ष बजेट नै फ्रिज गर्नुपर्ने अवस्था सिर्जना भएको केन्द्रले जनाएको छ।  

नेपालमा रेशम खेतीको विकास २०३२ सालदेखि नै व्यवसायीक कीट विकासका रुपमा थालिए पनि यो खेतीले अझै पूर्णता पाउन सकेको छैन। 

नेपालका काभ्रेपलान्चोक, स्याङ्जा, धादिङ, दाङ, मोरङ, सिन्धुपाल्चोक, चितवन, तनहुँ, पोखरा, पाल्पा, इलाम, धनकुटा, संखुवासभा लगायतका केही जिल्लामा व्यवसायीक रेशम खेती गरिँदै आएको छ। धेरै युवाहरुले रेशम खेती गर्न चाहे पनि सरकारी संरचनाको अभावमा यो बिस्तारै धरासायी बन्दै गएको पाइएको छ। 

संघीयतापछि निम्तिएको संकट
पछिल्लो समय संघियताको कारण पनि भएका संरचनाहरु छरपष्ट हुँदा रेशम खेती थप धरासायी बनेको केन्द्र स्रोतको दाबी छ। 

देश संघीयतामा जानु अगाडि रेशम खेती विकासका लागि प्रमुख रेशम खेती विकास शाखाका रुपमा काभ्रेस्थित खोपासी शाखा थियो। खोपासीबाट प्रजनन पिढी विज कोया स्रोत केन्द्र धुनिबेशी (धादिङ), प्रजनन पिढी विज कोया स्रोत केन्द्र बन्दिपुर (तनहुँ), रेशम खेती विकास कार्यक्रम पोखरा (कास्की), रेशम खेती विकास कार्यक्रम वालिङ (स्याङ्जा) तथा रेशम खेती विकास कार्यक्रम धनकुटासँग सहकार्य गरी रेशम खेती विकासको काम हुँदै आएको थियो। राष्ट्रिय फार्मका रुपमा रहेको खोपासीले विदेशबाट आयात गरिएका ३५ जातका रेशम किराको उत्पादन, संरक्षण तथा उपयोगको काम गरिरहेको थियो। 

तापक्रम अनुकूल सहन सक्ने र खेती गर्न सुहाउँदो उपयुक्त स्थानमा उपयुक्त जातको किरालाई क्रसिङ गरेर फुल (अण्डा) उत्पादन गर्ने तथा देशैभरीका किसानहरुलाई वितरण गर्ने कामसमेत यो केन्द्रले गर्दै आएको थियो।  

तर मुलुक संघीयतामा गएसँगै खोपासीसँग सहकार्य गरिरहेका अन्य केन्द्रहरुले आ-आफ्नै हिसाबले काम गर्न थालेपछि रेशम खेती विस्तारका लागि खोपासी केन्द्रमाथि नै समस्या निम्तिएको व्यवसायीक कीट विकास केन्द्रका एक अधिकारीले बताए। 

‘धुनीवेशी, वालिङ, बन्दिपुर, पोखरा, धनकुटाका केन्द्रहरुले पनि विजकोया (अण्डा) उत्पादन गरी खोपासीलाई दिँदा रेशम किरा उत्पादनमा कुनै समस्या थिएन’ केन्द्रका ती अधिकारीले भने, ‘अहिले मुलुक संघीय संरचनामा गएसँगै खोपासीले मात्र विजकोया उत्पादन गर्नुपरेको अवस्था छ। जसले गर्दा रेशम खेती धरासायी बन्दै गएको छ।’

रेशम खेती विकासका लागि सरकारले संरचनाको विकास गर्नुपर्ने वा भएका संरचनालाई सहकार्य गरेर अगाडि बढ्ने वातावरण तय गर्नुपर्ने ती अधिकारीको भनाइ छ। 

नेपालमा हाल लगभग ५ हजार हेक्टरमा किम्बु खेती गरिएको छ। किम्बु खेतीसँगसँगै रेशम खेती पनि छ। 

एक रोपनी जग्गामा एक मौसममा १ बाकस किरा पाल्न सकिने प्राविधिकको भनाइ छ। १ बाकस किराबाट लगभग ६० किलोग्राम रेशमको कोकन (कच्चा पदार्थ) उत्पादन गर्न सकिन्छ। जसबाट २० किलोग्राम रेशम धागो उत्पादन हुन्छ। 

नेपालमा हाल वार्षिक २० टनभन्दा बढी कोकन उत्पादन हुने गरेको छ। कोकनको मुल्य प्रतिकेजी ५०० भन्दा बढी छ। रेशम नेपालबाट चीन, भारत, थाइल्याण्ड लगायतका विभिन्न मुलुकहरुमा समेत निर्यात हुने गरेको छ। 

सरकारले रेशम खेतीलाई विस्तार गर्न सके यो खेतीबाट देशभित्र रोजगारीको अवसर सिर्जना हुनुका साथै देशको अर्थतन्त्रमा निकै ठूलो टेवा पुग्ने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, जेठ १३, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्