काठमाडौं– चिनी उद्योगी एवं नेपाली कांग्रेसका सांसद वीरेन्द्र कनौडियाले उखु किसानको खातामा १२ करोड रुपैयाँ जम्मा गरिदिएका छन्। उनले उक्त रकम जम्मा गरेर पार्टी केन्द्रीय कार्यालयलाई त्यसबारे जानकारी दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
कनौडियाले अब चुक्ता गर्न ६ करोड बाँकी जनाउँदै यथाशीघ्र चुक्ता गर्ने प्रतिबद्धता पनि पार्टीसँग गरेका छन्।
उखु किसान राजधानी आएर आन्दोलन गरेपछि सरकारले चिनी मिल मालिकप्रति कडाइ गरेको थियो। त्यसपछि उनीहरुले पुस २५ भित्र सबै किसानहरुको हालसम्मको कुल बक्यौता रकममध्ये ८० प्रतिशत र आगामी माघको पहिलो सातासम्म सम्पूर्ण रकम चुक्ता गर्न सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।