काठमाडौं– भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ। भारतले मलेसियाबाट आयत हुने पाम आयलमाथि प्रतिबन्ध लगाएको तर नेपाल र इन्डानेशियाबाट आयात हुनेमा भने नलगाएकाे बताइएकाे छ।
भारतीय डिजिटल पत्रिका द प्रिन्टका अनुसार बिहीवार बाणिज्य एवं उद्योग मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै पाम आयलमाथि रोक लगाएको थियो। भारत सरकारको यो निर्णयपछि नेपाल र इन्डानेशियाले असन्तुष्टि जनाएका थिए। तर, सरकारी सुत्रले द प्रिन्टलाई उपलब्ध गराएको सूचनाअुनसार यो केवल मलेसियामाथि मात्र प्रतिबन्ध हो।
मलेसिया र भारतका बीचमा पछिल्लाे समय भइरहेको राजनीतिक तीक्तका कारण सरकारले यस्तो निर्णय गरेको प्रिन्टमा उल्लेख छ। भारत सरकारको यो निर्णयले नेपाल र इन्डानेशियालाई झन फाइदा पुग्ने छ।
नेपालबाट निर्यात हुने मात्रा र गतिमा वृद्धि हुने सरकारी अधिकारीको दाबी रहेको द प्रिन्टले उल्लेख गरेको छ। ‘यो सम्भव छैन कि एक देशको लागि मात्र भनेर राजपत्रमा सूचना प्रकाशित गरी उक्त देशबाट आउन रोक लगाउ भन्नु, त्यसैले समग्र आयातमा रोक लगाएको सूचना जारी भएको हो,’ नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले भने, ‘यसो गर्नु विश्व व्यापारिक नियमको उल्लंघन हुन्छ। त्यसैलाई ध्यान राखेर सूचना जारी भएको हो।’
भारतले जारी गरेको सूचना।
ती अधिकारीले कच्चा एवं रिफाइन्ड पाम आयल नेपाल र इन्डोनेशियाबाट आउन रोक लगाउने कुनै तयारी नभएको दाबी गरे। 'केस टू केस बेसिस'का आधारमा आयातको लाइसेन्स जारी हुने ती अधिकारीले बताए। अधिकारीले यस्तो लाइसेन्स आफैं स्वतः जारी हुने पनि बताए।
सुत्रका अनुसार इन्डोनेशिया र नेपालले आयातको केन्द्र भने खुलाउनु पर्ने छ। यदि, मलेसिया नै भन्ने जवाफ आएमा भने प्रतिबन्ध लाग्न सक्ने ती अधिकारीले बताए।
बिहीवार विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नियमित पत्रकार सम्मेलनमा यो विषयमा आफ्नो धारणासमेत सार्वजनिक गरेका थिए। उनले पाम आयल खरिद गर्दा विदेशी देशहरुका बीचको सम्बन्ध पनि ख्याल हुने टिप्पणी गरेका थिए।
भारत-मलेसिया सम्बन्धमा खटपट
दि प्रिन्टका अनुसार सरकारको यो निर्णयले धेरै फाइदा इन्डोनेशियालाई हुने छ। किन कि मलेसिया भारतमा सबैभन्दा धेरै पाम आयल पठाउने देश हो।
भारतको यो निर्णयपछि मलेसियाले आफ्नो प्रतिक्रिया जारी गरिसकेको छ। उसले भारतको निर्णयले आफूहरु खुसी रहेको बताइएको छ। भारत र मलेसिया बीच कश्मीरको धारा ३७० खारेजी प्रकरणमा विवाद हुँदै आएको छ। मलेसियाले नागरिकता संशोधन विधेयकमाथि पनि टिप्पणी गरेपछि मोदी सरकारले पाम आयलमा रोक लगाउने निर्णय गरेको हो।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले नागरिकता कानुन संशोधन फिर्ता लिन र कश्मिरी जनताको अधिकार नखोस्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिएका थिए।
अक्टुवरमा संयुक्त राष्ट्र संघको महासभामा मलेसिया, तुर्की र चीनले कश्मीर मामलामा भारत विरुद्ध बोलेका थिए। यसअघि २०१६मा पनि मोदी सरकार मलेसियासँग रिसाएको थियो।
विवादित् इस्लामिक धर्मगुरु जाकिर नाइक भारतबाट भागेर मलेसियामा शरण लिएर बसेका थिए। भारतले उनलाई फर्काइदिन आग्रह गरेको थियो। तर, मलेसियाले अस्वीकार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।