काठमाडौं- राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छलि गरेको भन्दै यूनिभर्सल ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर प्रकाशराज गिरीविरुद्ध २१ करोड १८ लाख बिगोकायम गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
गिरी यूनिभर्सल ट्रेड एण्ड सप्लायर्ससँगै युनिभर्सल प्रिन्टिङ्ग प्रेस र युनिभर्सल निर्माण सेवाका पनि संचालक हुन्। गिरीले राजस्व चुहावट गरेको अभियोगमा २१ करोड १८ लाख बिगोकायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावीसहित विभागले अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुल्य अभिवृद्धि करतर्फ ६ करोड ६१ लाख ८ सय ८१ रुपैयाँ र आयकरतर्फ १५ करोड १७ लाख ८६ हजार रुपैयाँ राजस्व चुहावट गरेकाले विभागले जनाएको छ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हुने जम्मा बिगो२१ करोड १८ लाख ४७ हजार ८ सय ९१ रुपैयाँ राजस्व चुहावट गरेकाले सो बिगो रकम बराबर असुल उपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।