• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘पत्रकारिता विभागबारे किन तात्दैन त्रिवि?’

64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  ०९:३६
1140x725

काठमाडाैं- ‘व्यक्तिगत महत्वकांक्षामा चुर्लम्म पत्रकारिता विभाग’ शीर्षकमा सञ्चारविज्ञ एवम् स्तम्भकार भानुभक्त आचार्यको अनुसन्धानमूलक आलेख नेपाल लाइभमा प्रकाशित भएपछि त्रिभुवन विश्वविद्यालय, पत्रकारिता केन्द्रीय विभागका साथै पत्रकारिता शिक्षाप्रति चासो राख्नेहरूबीच तरङ्ग पैदा भएको छ। प्राज्ञिक केन्द्र मानिएको पत्रकारिता विभागमा विभागीय प्रमुखको कार्यशैली र अक्षमताले कस्तो अवस्थामा पुगेको रहेछ भन्ने कुरा अहिले बहसको विषय बनेको छ।

आचार्यको आलेखमा उठाइएका गम्भीर सवाललाई विभागीय प्रमुख प्रा चिरञ्जीवी खनालले अनावश्यक लाञ्छना भन्दै प्रष्टीकरण त दिए तर त्यसमा कुनै प्रश्नको स्पष्ट जवाफ थिएन। बरु विभागमा भइरहेको भद्रगोल अवस्थाको जिम्मेवारी अरुमाथि पन्छाउने काम गरियो। लगत्तै नेपाल लाइभले विभागीय प्रमुखमाथि छानबिनका लागि यसअघि नै सम्पादकीय लेखेको विदितै छ। 

यो आलेख प्रकाशन भएपछि नेपाल लाइभ टिम र लेखकलाई विभिन्न विश्वविद्यालय, कलेजमा रहेका प्राज्ञ, पत्रकारिता विभागका पूवविद्यार्थी शिक्षकलगायत दुई सय जनाभन्दा बढीले सम्पर्क गरी पत्रकारिता विभागसँगका आफ्ना अनुभव राखेका छन्। यहाँ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पत्रकारिता र आमसञ्चार विषयमा अध्ययन–अध्यापनमा संलग्न केही प्राज्ञिक व्यक्तित्वका भनाइ जस्ताको तस्तै राखेको छौं। सरोकारवालाहरूको निष्कर्ष छ- त्रिविको पत्रकारिता विभागजस्तो प्राज्ञिक संस्थाको गरिमा बचाउन त्रिविले तत्कालै आवश्यक छानबिन गर्नुपर्छ।  

प्राध्यापक पद खारेज हुनुपर्छ : डा. भरतराज पौडेल
पूर्वअनुसन्धानकर्मी, क्विन्सल्यान्ड युनिभर्सिर्टी अफ टेक्नोलोजी, अस्ट्रेलिया ( हालः आंशिक प्राध्यापन )

केही दिनअघि त्रिविका पूर्वउपकूलपति डा. केदारभक्त माथेमाले भन्नुभएको थियो, चिहान भइसक्यो हाम्रो विश्वविद्यालय। त्यहाँ सबै मृत छन्। त्रिवि संसारका उत्कृष्ट एक हजार विश्विद्यालयको सूचीभित्र पर्‍यो भनेर पर्नु बेकार छ। त्यो सूचीमा पर्न त्रिविमा भएको विद्यार्थी संख्या र त्रिविको सम्पतिको मुख्य भूमिका छ। पढाइको गुणस्तरको आधारमा मापन गर्ने हो भने त्रिवि रसातलमा पुग्छ। अघिल्लो हप्ता प्रकाशित ‘व्यक्तिगत महत्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’ लेख पढेपछि थाहा भो, कम्तीमा त्रिविको पत्रकारिता विभाग चाहीँ त्यो अवस्थामा पुगिसकेको रहेछ, त्यो पनि एउटा मान्छेको महत्वाकांक्षाका कारणले। 

पत्रकारिताको यो हरिबिजोग थाहा पाएपछि त्रिवि उपकुलपतिले तत्कालै कारबाही सुरु नगरे पत्रकारिता विभाग मात्रै होइन, त्रिविजस्तो नेपालको पुरानो शैक्षिक संस्थाको संसारभर बदनाम हुन सक्छ। पिएचडीका विद्यार्थीहरूलाई तीन–चार वर्षसम्म सुपरभाइजर तोक्न नसक्ने, बाहिर अध्ययन गरेका योग्यलाई विभागमा छिर्न नदिने, आफू योग्यता बढाउन नसक्ने, आफ्नो विभागमा आफैं पिएचडी भर्ना भए पनि विभागीय प्रमुख चाँहि भइरहन पाउने, पिएचडी नसकी पिएचडीलाई पढाउने, कुनै प्राज्ञिक प्रकाशन गर्न नसक्ने यस्ता मान्छेलाई तत्काल ठेगान लगाइयोस्। लेख प्रकाशन भएको हप्ता दिनभन्दा बढी भइसक्दा पनि त्रिवि उपकुलपति र डिनको कार्यालयले कुनै एक्सन नलिएको देख्दा पो छक्क पर्छु। कि सबै कुरा सेटिङमा चल्छ?

अयोग्यलाई विभागीय प्रमखुबाट हटाएर मात्रै हुन्न, प्राज्ञिक अपराध गरेकोमा उनीमाथि कारबाही हुनुपर्छ। के साह्रो लठीभद्र हो। लाज मर्नु। विश्वभर पत्रकारिता इन्टर-डिसिप्लिनरी हुन्छ। पत्रकारितामा कुनै अनुभव नभएको रहेछ भने पनि उसलाई केही कोर्स थप लिन लगाएर स्नातकोत्तर वा पिएचडी गराउन सकिन्छ भनेर किन दिमागमा नघुसेको? हैन, यी मान्छे विदेश घुम्दैनन्? यिनको घरमा इन्टरनेट छैन? फेसबुक मात्रै चलाउनेलाई पनि यति त थाहा हुन्छ। कलेज-कलेजमा भाइभाका नाममा रकम उठाउँदै हिड्ने, कुनै प्राज्ञिक प्रकाशन नभएका, आठ वर्षसम्म आफैं पिएचडी पूरा गर्न नसकेका कसरी विभागको प्रमुख भए?  यो लेख चार वर्षअघि नै प्रकाशित हुनुपर्ने थियो। त्रिवि केन्द्रीय पत्रकारिता विभागको साख राख्न त्रिविले तत्काल छानबिन गरी कारबाही अघि बढाउनु पर्छ। गलत आधार देखाएर प्राध्यापक पदमा बढुवा भएको भए त्यो पद खारेज हुनुपर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्रिविले तुरुन्त छानबिन थालोस् : विक्रम तिमिल्सिना
पिएचडी स्कलर, ग्रिफिथ यूनिभर्सिटी, अस्ट्रेलिया

त्रिविलाई संसारकै उत्कृष्ट हजार विश्वविद्यालयभित्र परेको भनी खुशीयाली मनाउने गरिएको छ तर यसका अंग कति मक्किएका छन् र किन यसो भएको छ भन्ने कुरा बुझ्न यो लेखले प्रष्ट पारेको छ। यो एउटा उदाहरण हुनुपर्छ तर रोग त धेरथोर सबैजसो विभागमा होला। त्यसैले केही अघि पूर्व उपकुलपति केदारभक्त माथेमाले भनेका थिए- त्रिवि मसानघाट भइसकेको छ। त्रिवि पत्रकारिता विभागले बाटो विराएको त स्पष्टै भो। अब सही बाटो लिएको देख्न/सुन्न कति पर्खनु पर्ने हो? 

पछिल्लो पटक त्रिविकै पत्रकारिता विभागको नेतृत्वका विषयमा गम्भीर प्रश्न उठेको छ। व्यक्तिगत मनोमानी, प्राज्ञिक विचलन र अस्तव्यस्त व्यवस्थापनका कारण पत्रकारिता विभाग नै धराशायी हुन लागेको बुझिन्छ। एउटा लेखकै भरमा कसैलाई दण्डित गरिहाल्नुपर्छ भन्ने त होइन, तर गम्भीर प्रश्न उठेपछि त्यसमा तत्काल छानबिन हुनुपर्छ। अझ सम्बन्धित व्यक्तिले नैतिकताका आधारमा राजीनामा गरेर छानबिनका लागि बाटो खोलिदिनुपर्ने हो। त्यसो नगरे त्रिविले निलम्बन गरेर छानबिन अगाडि बढाउनु पर्छ। 

समस्या के हो भने जसले गलत काम गरिरहेको छ, उसलाई बेठिकै गरेको भए पनि बच्न सकिन्छ भन्ने विश्वास हुन्छ। त्रिविको राजनीतिकरणले यो भयावह अवस्था सिर्जना गरेको हो। त्रिविकै पूर्व उपकुलपति केदारभक्त माथेमाले हालै कान्तिपुर दैनिकसँगको अन्तर्वातामा भनेका छन्- राजनीतिक भागबन्डाले त्रिविको स्थिति सोच्नै नसकिने लाजमर्दो अवस्था छ। योग्यता र क्षमताको आधार कहीँकतै देखिन्न। लाइसेन्स नभएको व्यक्तिलाई मोटर हाँक्न दिए जस्तो।

असंख्य अनियमितताका समाचार आउँछन्, अनियमिता गर्नेलाई दण्डित गरिएको समाचार बिरलै आउँछ। स्वार्थमा विद्यार्थीको अंक थपिएको वा घटाइएको समाचार आउँछ तर त्यसो गर्नेलाई बर्खास्त गरेको समाचार आउँदैन। त्रिविजस्तो प्राज्ञिक संस्थामा अप्राज्ञिक गतिविधिलाई दण्डित गर्नुपर्नेमा पुरस्कृत भएको समाचार आउँछ। मलाई लाग्छ पत्रकारिता विभाग सप्रियो भने त्रिविका अरु विभाग पनि सप्रन्छन्। आवाजहीनहरुको आवाज भनेर पत्रकारलाई चिनिन्छ तर त्यस्तो जनशक्ति उत्पादन गर्ने संस्था यस्तो लाजमर्दो स्थितिमा एउटा मान्छेको महत्वाकांक्षाको शिकार बन्नु हुन्न। त्रिविले तुरुन्त छानबिन थालोस्। 

स्वस्थ बहस र छानबिन आवश्यक छ : ओमप्रकाश घिमिरे
पत्रकारिता विषय समिति सदस्य, पूर्वाञ्चल विश्वविद्यालय

प्रवीणता प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्म आरआर क्याम्पसमा ७ वर्ष पत्रकारिता पढेको विद्यार्थीको रूपमा भन्नुपर्दा पत्रकारिताको केन्द्रीय विभागमा धेरै नै समस्या छन्। ती समस्यामध्ये अधिकांश व्यक्ति विशेषको स्वार्थ, कार्टेलिंग र अहमताले  सिर्जना भएका छन् भने केही चाँहि सामूहिक स्वार्थले पनि भूमिका खेलेको छ। यस्ता अप्राज्ञिक कुरामा सुधार गर्नुपर्छ भन्ने आवाज पहिलेदेखि नै उठ्दै आएका थिए। कतिपय अवस्थामा त विद्यार्थीले शिक्षकलाई नै हातपात गर्ने घटना पनि भएका हुन्। तर संस्थाभित्रका कमीकमजोरीलाई सुधार्नका लागि खुल्ला र सहभागितामूलक छलफल कहिल्यै भएन। 

'व्यक्तिगत महत्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग' शीर्षक लेखमा उठान गरिएका धेरै कुराहरु जायज छन्। हरेक सवालको  प्रमाण र सन्दर्भ उल्लेख गरेको हुनाले मलाई पहिले जानकारी नभएका तर यो लेखमार्फत उठान भएका अन्य विषयहरु पनि तथ्यमै आधारित छन् भन्ने लाग्छ। यो लेखले पत्रकारिता विभागको नेतृत्व र विभागको कामकारबाही माथि गम्भीर सवालहरु उजागर गरेको छ। पत्रकारिता विभागमाथि थुप्रै प्राज्ञिक, व्यवसायिक, नैतिक र कानुनी प्रश्नहरु तेर्सिएका छन्। हुन त यस्ता प्रश्नहरु पहिले पनि नउठेका होइनन्, तर छलफलका अजेनडा नबनी त्यत्तिकै सेलाएर गए। अहिले यो विषय एकमुष्ठ रुपमा गम्भिर ढंगले उठेको छ। यसको थप स्वस्थ बहस र छानबिन हुनु जरुरी छ। 

यस्तो बहस र छानबिनको मुद्दा कुनै व्यक्ति विशेषको स्वार्थभन्दा पनि राज्यको, विद्यार्थीको र समग्र विश्वविद्यालय संस्थाको सरोकारको विषय हो। यदि यो विषयलाई यतिकै छाडिदिने हो भने पत्रकारिता विभाग जस्तो प्राज्ञिक संस्थाप्रतिको विश्वास अझै घटेर जानेछ। संस्था सुधार हुनेवाला छैन। त्यसैले यो विषयको गहन बहसबाट कोही भाग्नु हुदैन। बहससँगै छानबिन पनि आवश्यक छ। यसको लागि सम्बन्धित निकायले अग्रसरता लिनु पर्छ। छानबिनले ल्याउने तथ्यले वास्तविकता के हो भन्ने कुरा उजागर गर्ने छ। यसले संस्था र कार्यरत व्यक्ति तथा अध्यनरत विद्यार्थी सबैलाई फाइदा हुन्छ। घाटा कसैलाई हुँदैन। 

लेखले आँखा खोल्ने काम गरेको छ : प्रज्ज्वल चापागाइँ
पूर्वशिक्षक, पत्रकारिता विभाग, त्रिवि 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग मातहतमा मैले १० वर्ष प्राध्यापन गरेँ। त्यस आधारमा भन्नसक्छु, भानुभक्त आचार्यको ‘व्यक्तिगत महत्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’ शीर्षकको आलेखमा सत्यको गहिराइमा गोता लगाउनु भएको छ।

त्यस आलेखले सत्यलाई सार्वजनिक गरेको त छ नै, यसले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरेर भविष्य बनाउन चाहने सबैको आँखा खोल्ने काम पनि गरेको छ। यस विषयमा सरोकारवालाहरूबीच स्वस्थ बहस भई आवश्यक सुधारका कदम तत्कालै चाल्नु पर्दछ। आवश्यक परे म पनि यो बहसमा सहभागी हुन तयार छु।  

यो प्राज्ञिक लज्जाको विषय हो : डा. सन्देशदास श्रेष्ठ
सहप्राध्यापक, पूवि

मलाई पनि त्रिविकै पत्रकारिता विभागमा पिएचडी गर्ने मन थियो। तर, त्यहाँका अनेक तगारा र तिगडमबारेमा म जानकार थिइनँ। ‘व्यक्तिगत महत्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग’ शीर्षकको आलेख पढेपछि मलाई लाग्यो धन्न मैले बाहिरबाटै 'एफएम रेडियोको रणनीति बजार योजना'मा पिएचडी गरेछु। मेरा मनभित्र रहेको त्रिवि पत्रकारिता विभागको छवि नराम्ररी धमिल्लिएको छ। हामी पत्रकारलाई आवाजहीनका आवाज भन्छौं। एउटा सञ्चारकर्मी एवम् प्राज्ञ हुनाको नाताले के भन्न सक्छु भने जबसम्म हाम्रो शिक्षा प्रणाली स्वस्थ बहस गर्ने थलो बन्दैन, तबसम्म हाम्रो डिग्रीले काम गर्दैन। 

आलेखमा थुप्रै समस्या र गम्भीर प्रश्न उठाइएका छन्। जस्तै विद्यार्थीहरुले खुलेर प्रश्न सोध्ने मौका नपाउनु, पत्रकारिताको उच्चशिक्षा प्राप्त गर्ने थलोमा विद्यार्थीका लागि इन्टरनेटको पहुँच नहुनु, विभागीय प्रमुख आफैं त्यही क्याम्पसमा पिएचडीमा भर्ना भएर त्यहीको विभागीय प्रमुख भइरहनु, अनि आफैं आफ्ना समकक्षीलाई प्रोफेसरको हैसियतमा पढाउन जानु। हैट, यस्तो कसरी गर्न सकेको होला। जब विद्यार्थीले पढाइका आधारमा होइन, विभागीय प्रमुखलाई खुशी पारेको आधारमा नम्बर पाउँछन्, पास भइन्छ भन्ने मनस्थिति राख्छन्।

जब एउटा प्राज्ञले लेखेका किताबले गुणस्तरहीन दर्जा पाएर बजारबाट फिर्ता ल्याउनु पर्ने अवस्था आइपर्छ, जब विभागीय प्रमुख अपारदर्शी कार्यशैली अपनाउँछ र अयोग्यहरुलाई काखी च्याप्छ, जब एउटा विभागीय प्रमुख विद्यार्थी पढाउनभन्दा भाइभा गराउँदै बिना भर्पाइका पैसा उठाउन उचित ठान्छ। यहाँभन्दा तल झर्ने ठाउँ छैन। 

मेरा मनमा केही गम्भीर प्रश्नहरु छन्। के एउटा प्राज्ञिक संस्थामा एउटा मान्छेको महत्वाकांक्षाले त्यतिसम्म मनोमानी गर्न सक्छ? त्यो संस्थाका अन्य सरोकारवाला किन चूप छन्? यत्रो वर्षदेखि यस्तो गतिविधि कसरी चल्दै आयो? सहकर्मीहरुले समयमै आवाज उठाउनु पर्ने होइन? त्रिविले किन यो विषय थाहा पाएन? पाएको भए किन उपयुक्त कदम चालेन? के कारणले यस्तो लज्जाजनक विषयले संरक्षण पाइरहेको छ? यी प्रश्नहरुको उत्तर पाइएला/नपाइएला, तर त्रिवि पत्रकारिता विभागको साख बचाउन सम्बन्धित सबै सरोकारवालाले तत्कालै कदम चाल्नुपर्छ। यो प्राज्ञिक लज्जाको विषय हो। 

त्रिविले सोचोस्, सुधारका कदम चालोस् : अनुराधा पौडेल
पत्रकार, नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)

कुनै बेला पत्रकारिता पढ्न नपाएकोमा म रुन्थेँ। आजसम्म पनि मलाई पढ्न नपाएकोमा पछुतो छ। मैले पत्रकारिता शिक्षाको पवित्र घर ठानेको ठाउँ हो आरआर क्याम्पस अर्थात, त्रिवि पत्रकारिता विभाग। तर मेरो आस्थाको त्यो घरलाई नै रसातलमा पुर्‍याइसकिएको रहेछ।

म आज एकदमै झस्किरहेकी छु। थोरै लेखले मात्रै मलाई झस्काउँछन्। तर, यस लेखले मेरो हृदय नै छियाछिया पारेको छ। अहो, बुबाआमाको लगानी र छोराछोरीको मेहनत खेर जानु भनेको त देशकै बौद्धिक र आर्थिक नोक्सानी हुनु हो। त्रिविले अलिकति भए पनि सोचोस् र छिट्टै सुधारका कदम उठाओस्।

सम्बन्धित समाचार

पत्रकारिता विभागबारे छानबिन गर्न प्रजातन्त्रवादी प्राध्यापक संघको माग

पत्रकारिता केन्द्रीय विभागबारे तत्काल छानबिन गरियोस्

पत्रकारिता विभागलाई अनावश्यक लान्छना!

व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् शशांक ? साँढे पाँच महिनाको विदेश बसाइपछि तत्कालीन सभापति शेर बहादुर देउवा स्वदेश फर्किदाको उत्साह सुकेधारामा आयोजना गरिएको ‘राष्ट्रिय सम्मेल... सोमबार, भदौ १, २०८३
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्