• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पत्रकारिता केन्द्रीय विभागबारे तत्काल छानबिन गरियोस्

64x64
नेपाल लाइभ शनिबार, पुस १९, २०७६  १०:००
1140x725

नेपाल लाइभका स्तम्भकार भानुभक्त आचार्यले “व्यक्तिगत महत्त्वाकांक्षामा चुर्लुम्म पत्रकारिता विभाग” शीर्षकमा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका गतिविधि तथा विभागीय प्रमुखको प्राज्ञिक योग्यता र नेतृत्व क्षमताका बारेमा विस्तृत आलेख प्रकाशन गरेपछि पत्रकारिता शिक्षामा चासो राख्ने विभिन्न क्षेत्रमा बहस सिर्जना भएको छ। विभागीय प्रमुखको गतिविधिबाट आजित भएकाहरुले आफ्ना गुनासोहरु विभिन्न माध्यमबाट खुलेर राख्न थालेका छन्। 

आचार्यले आलेखमा त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखले अयोग्य व्यक्तिलाई काखी च्याप्न वा कुनै खास प्रतिस्पर्धीलाई रोक्न सेवा आयोगका विज्ञापनमा अनावश्यक सर्तहरु राखेको, ‘बालिघरे प्रथा’लाई प्रश्रय दिई आर्थिक अपचलनमा संलग्न रहेको, अपारदर्शी निर्णय गरी विभागका सहकर्मीहरुलाई गुमराहमा पारेको, विद्यार्थीहरुमा नम्बर घटाइदिने भनी भय र त्रासको वातावरण सिर्जना गरेको लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए। कुनै पनि प्राज्ञिक जर्नलमा एउटै पनि लेख प्रकाशन नगरेका, आठ वर्षसम्म आफैं पिएचडी पूरा गर्न नसकेका, आफू पिएचडीको विद्यार्थी हुँदा आफ्नै समकक्षी विद्यार्थीहरुलाई प्रोफेसर हुँ भन्दै पढाउन गएका जस्ता विभागीय प्रमुखका गतिविधिहरु प्राज्ञिक लज्जाका विषय हुन्। पत्रकारिता अध्ययन र अध्यापनमा संलग्नका अतिरिक्त सक्रिय पत्रकार, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं प्राध्यापक तथा अन्य सरोकारवालाले यसलाई गम्भीर बहसको विषय बनाएका छन्। विश्वविद्यालयकै प्राध्यापकहरुको एउटा संगठनले विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालमाथि छानबिनको माग औपचारिकरुपमै राखेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आचार्यले लेखमार्फत् उठाएका वस्तुगत सवालमाथि विभागीय प्रमुख खनालले दिएको प्रष्टिकरणमा धेरै प्रश्नहरु अनुत्तरित छन्। पत्रकारिता केन्द्रीय विभागसँग पुस्तकालय छैन, आफ्नो वेबसाइट छैन, अन्तर्राष्ट्रिय लाइब्रेरी सिस्टमको सदस्य छैन, मल्टिमिडिया पत्रकारिताको युगमा सामान्य पावरपोइन्ट राखेर अध्यापन गराउन असफल छ। चार वर्षसम्म पीएचडी कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई सुपरभाइजर तोक्न नसक्नु, बाह्य सुपरभाइजरलाई काम नगर्न दबाब दिनु, आफ्नो अयोग्यतालाई ढाकेर जबर्जस्ती सुपरभाइजर बन्न प्रयास गरी विद्यार्थीको भविष्य अन्यौलमा पार्नु प्राज्ञिक एवम् दण्डनीय अपराध हो। यस्ता विषयमा खनालले आफ्नो प्रष्टीकरणमा जवाफ दिन सकेका छैनन्। आचार्यले पत्रकारिता शिक्षा र केन्द्रीय विभागको सुधारका लागि उठाएका सवाललाई व्यक्तिगत लान्छना र आरोपको विषयमात्रै ठानेर विभागीय प्रमुख पन्छिन खोज्नुले ती सवालको सान्दर्भिकता र वजन स्थापित गरेको छ।

Xtrem
Xtrem

विश्वविद्यालयका प्राज्ञिक उत्पादन समाज डोहोर्‍याउने जनशक्ति हुन्। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग यसमा असफल देखिनुमा निश्चय नै विभागीय प्रमुखको उत्तरदायित्व र नेतृत्व क्षमतामा प्रश्न उठ्नु स्वाभाविक हो। आधुनिक र समय सापेक्ष तथा सिर्जनशील एवं नवीन पाठ्यक्रम तयार गरी उनीहरुलाई जीवनपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा पत्रकारिताको पाठ्यक्रमले यथास्थितिलाई नै आत्मसात गरेको छ। नेपाली पत्रकारितासँग सन्दर्भ नै नमिल्ने र समयानुकूल परिमार्जन नभएका र बजारमै नपाइने पुस्तकहरुमा आधारित पाठ्यक्रम लागू गरिएको छ। स्नातकोत्तर तहमा फोटोग्राफी विषयको अध्यापनका लागि अझै ‘डार्क रुम’ मा भर पर्नु परेको छ, जबकि फोटोग्राफी डिजिटल युगमा प्रवेश गरेको दुई दशक नाघिसक्यो। समयसापेक्ष पाठ्यक्रम निर्माण, सैद्धान्तिक र व्यावहारिक शिक्षाको सन्तुलन र उपयुक्त शैक्षिक वातावरण सिर्जना गर्ने कामको नेतृत्व विभागीय प्रमुखको हो। उनी त्यसमा चुकेका छन्। 

पत्रकारिता शिक्षाको सुधार र गुणस्तर अभिवृद्धिका लागि सरोकारवालाहरुबाट विभिन्न कोणबाट बहस सुरु हुनु अत्यन्तै सरहानीय विषय हो। पत्रकारिता पेशाका लागि आवश्यक योग्य जनशक्ति उत्पादनका लागि अझै पनि त्रिभुवन विश्वविद्यालयको विकल्प नभए पनि विभाग हाक्ने व्यक्तिसँग प्राज्ञिक मर्यादा, कार्यक्षमता, नैतिकता पारदर्शिता र इमानदारिताको आवश्यकता पर्दछ। त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका तत्कालीन विभागीय प्रमुख प्राध्यापक अभि सुवेदीले परीक्षाफलमा चित्त नबुझाइ विद्यार्थीले पुस्तकालय जलाइदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको दृष्टान्त छ। तसर्थ पत्रकारिता तथा आमसञ्चार विभागका विभाग र विभागीय प्रमुख खनालमाथि लागेका आरोपको त्रिभुवन विश्वविद्यालयले तत्काल छानबिन सुरु गर्नुपर्छ ताकि एउटा विभागमा भएका अप्राज्ञिक कृयाकलाप अरुमा पनि सरुवारोग जस्तै सर्दै नजाओस् र केन्द्रीय पत्रकारिता विभाग देशकै गर्व गर्न लायक शैक्षिक केन्द्र बन्न सकोस्।

प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्