काठमाडौं- बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यो मूल्य बुधबारको तुलनामा १ हजार रुपैयाँले कम हो। बुधबार सुनको मूल्य हालसम्मकै धेरै प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेपावी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि केही घटेको छ। बुधबारको तुलनामा चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ९ सय रुपैयाँ तोकिएको छ। बुधबार नेपाली बजारमा चाँदी ९ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।