काठमाडौं- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाबीच कार्यकक्षमै हात हालाहाल भएको छ।
महाप्रबन्धक सिटौलाको उमेरहदका विषयमा दुईजनाबीच लामो समय देखिएको मनमुटाव बुधबार हात हालाहालको अवस्थामा पुगेको हो।
बुधबार बिहान सिटौला आफ्नो कार्यकक्षमा पुगेर हाजिर हाजिर गर्न खोजे। तर उनको हाजिर भएन। उनको नाम हाजिर लिस्टबाट हटाइएको थियो।
उनले कर्मचारीलाई भनेर आफ्नो नाम फेरी हाजिर लिस्टमा राखेर हाजिर गरे। हाजिर गरेपछि सिटौला आफ्नो कार्यकक्षमा छिर्नखोज्दा अध्यक्ष बस्नेतले उनलाई भित्र छिर्न दिएनन। र ढोकामै हात हालाहालको स्थीति बन्यो।
अध्यक्ष बस्नेतले सिटौलाई पदमा बसिरहन उनको उमेरले नदिने भन्दै राजिनामा दिन र पदमुक्त हुन लिखित पत्र पठाएका थिए।
तर महाप्रबन्धक बस्नेतले भने आफु अध्यक्षले भन्दैमा पदमुक्त नहुने र आफू कानुनी रुपमा पदमा बसिरहन पाउने भन्दै बुधबार पनि कार्यालय गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।