काठमा डौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे मन्त्रालयमा छलफल भएको छ।
मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग बुधबार भएको छलफलमा कामको पछिल्लो अवस्थाबारे जानकारी लिएकी थिइन्।
छलफलमा मन्त्री मगरले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिइन्।
आयोजनाका हेड वर्क्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगतिबारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिइन्।
छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पारे।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको दाबी मन्त्रालयले गरेको छ।
इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।