काठमाडौं- अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ।
'ब्राण्ड स्टोरी' नाम दिइएको यस शोमा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिनेछ। ब्राण्ड कम्पनी पनि हुनसक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवामात्र पनि हुन सक्छ।
'यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियो? यी सबैको उत्तर त्यस कथामा हुनेछ', शोको परिकल्पनाकार मुना श्रेष्ठले भनिन्।
लामो समय विज्ञापन क्षेत्रमा बिताएकी श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो शो अत्यन्त आवश्यक रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।