काठमाडौं- १ सय २२ चिनियाँलाई लिन चीनबाट नेपाल आएको पहिलो चार्टर्ड जहाजले मौसम प्रतिकूलताका कारण आकाशमा फन्को मारिरहेको छ।
चिनको कुनमिङबाट उडान भरेको जहाज अहिले काठमाडौंको आकाशमा फन्को मारिरहेको छ। जहाज ३ बजेर ५५ मिनेटमा ल्यान्ड हुने समय तय भएपनि मौसम प्रतिकूलताका कारण आकाशमै फन्को मारिरहेको छ।
दोस्रो जहाज भने ५ बजेर ४५ मिनेटमा नेपाल आइपुग्नेछ। पहिलो जहाज ६ बजे र दोस्रो जहाज ७ बजे नेपालबाट १२२ चिनियाँ बोकेर उड्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।