काठमाडौं- नारायणघाट-मुग्लिङ्ग सडकखण्डमा पहिरो रोकथामका लागि प्रत्येक दिन ४ घण्टा सडक अवरुद्ध हुने भएको छ।
पौष २७ गतेबाट लागू हुनेगरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि सडक अवरुद्ध गरी मर्मत कार्य अघि बढाउन लागिएको नारायणघाट मुग्लिङ्ग सडक आयोजना प्रमुखले जानकारी दिए।
नारायणघाटबाट छिर्ने यात्रुवाहक सवारी साधनहरूलाई पन्ध्रकिलो बजारमा र मालवाहक सवारी साधनलाई दासढुङ्गामा रोकिने भएको छ।
यसैगरी काठमाडौंबाट आएका यात्रुवाहक सवारीसाधनलाई मुग्लिङ्ग बजार र मालवाहक सवारीसाधनलाई लेवाटारमा रोकिने भएको छ।
त्यस्तै पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटार र मालवाहक सवारीसाधनलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।