• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

घरबाट निकालिएका मोहनदास, जो अभिभावकविहीनका अभिभावक बने

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  २३:४६
1140x725

सुर्खेत– २०३१ मा मोहनदास गुरुङ पहिलो पटक काठमाडौं गएका थिए। उनले बसपार्कमा बालबालिकाहरूले फोहोर उठाइरहेको देखे। उनलाई अनौठो लाग्यो । सोचे, ‘यी बालबालिकाको अभिभावक को होलान्? यो फोहोर किन उठाएको होला?’ 

त्यहाँ भएका कतिपय मानिसले ती बालबालिकालाई ‘खातेहरू’ भन्दै गाली गरिरहेका थिए। मोहनदासलाई त्यो घटनाले पीडाबोध भयो। त्यति नै बेला उनको मनमा एउटा कुरा उब्जिएको थियो, एउटा बालगृह सञ्चालन गर्न पाएको भए कोही बालबालिका ‘खाते’ हुनु पर्दैनथियो।

त्यसको ३१ वर्षपछि उनको सपना साकार भयो, उनले वीरेन्द्रनगरमा नवजीवन बाल संरक्षण केन्द्र सञ्चालनमा ल्याए।

यिनै मनकारी मोहनदास बाल संरक्षण केन्द्र स्थापना गरेर अहिले अभिभावकविहीन बालबालिकाको अभिभावक बनेका छन्।

मोहनको मन पोलिरहने घटना

मोहनदास २०५२ सालमा रेस्क्यु नेपालको सदस्य भएर काम गरिहेका थिए। रेस्क्यु नेपालले विपद् र बेचबिखनमा परेका चेलीबेटीको उद्धार गर्ने काम गथ्र्याे। सोही क्रममा संस्थाले भारतको मुम्बईबाट केही नेपाली चेली उद्धार गरेर ल्याएको थियो। उनीहरूलाई उद्धार गर्ने क्रममा मोहनदास गुरुङ पनि गए।

ती चेलीमध्ये एक जना सुर्खेतकी पनि थिइन्। गुरुङले उनीसँग कुरा गरे। बुझ्दै जाँदा ती बालिकालाई उनका आफन्तले नै लगेर बेचेका रहेछन्। पैसाको लोभमा आफ्नै चेलीबेटीलाई कसरी बेच्न सकेका होलान् भन्दै उनको मनमा अनेकौं कुरा खेले। यो कुराले गुरुङको मन पोल्यो। बालबालिकाको सानो दुःखमा पनि दुखी भइहाल्ने गुरुङका लागि यो घटना असैह्य थियो। त्यसले पनि बालगृह सञ्चालन गर्नुपर्छ भन्ने उनको योजनामा थप बल पुगेको थियो।

जुन घटनाले अठोट गर्न सघायो

Ncell 2
Ncell 2
nimb
nimb

२०५४ सालमा गुरुङ बसाइँ सरेर सुर्खेतको वीरेन्द्रनगर आए। हरेक वर्ष गुरुङसहित उनको परिवार भेरी नदी किनारमा पिकनिक जाने गथ्र्यो। त्यहाँ खाना खान आउने बालबालिकालाई देख्दा उनलाई कहाँबाट आए होलान् भन्ने लाग्थ्यो।

उनले ती बालबालिकाबारे खोजी गरे। पछि थाहा भयो, भेरीको पुल नजिकै सानो झुपडीमा एक आमा दुई छोरी र एक छोरा बस्ने रहेछन्। ती महिलालाई भेरीको पुल बनाउने समयमा ठेकेदारले विवाह गरेर ठेक्का सकिएपछि त्यहीँ छोडेर गएको रहेछ। ती महिलाको दुःखदायी कुरा सुनेर उनको मन अर्को पटक पोल्यो। त्यो परिवारलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने भाव पालायो।

तर, कसरी गर्ने उनीसँग उपाय थिएन। ती महिलाले गुरुङसँग आफ्नो जीवन जस्तो भए पनि छोरा–छोरीको जीवन राम्रो बनाउन चाहेको र सहयोग गरिदिने कोही नभएको बताइन्। त्यतिबेला गुरुङले बालबालिकाका लागि केही गर्नुपर्छ भन्ने अठोट लिइसकेका थिए।

Xtrem

Xtrem

मोटरसाइकल बेचेर बालगृह स्थापना

२०५४ सालको कुनै एक दिन गुरुङ मोटरसाइकलमा नेपालगन्ज जाँदै थिए। उनको मनमा ती बालबालिकालाई कसरी सहयोग गर्ने? भन्ने खलिरहेको थियो। यस्तै, सोच्दासोच्दै उनी नेपालगन्ज पुगेर सुर्खेत फर्किए। त्यतिन्जेलमा उनले बालगृह सञ्चालन गर्ने निर्णय लिइसकेका थिए। घरमा श्रीमती, छोरीहरू र आफन्तसँग सल्लाह लिए। सबैले उनको निर्णयमा साथ दिए। लगत्तै उनले ६० हजारमा आफ्नो मोटरसाइकल बेचे। त्यही पैसाले २०५४ सालमा वीरेन्द्रनगर १० शान्तिनगरमा नवजीवन बाल संरक्षण केन्द्रको स्थापना गरे।

असारको महिनामा भेरी किनारमा भेटिएकी उनै महिलाका तीन जना छोराछोरीलाई लिएर सुरु गरिएको बालसंरक्षण केन्द्रमा गुरुङले हालसम्म ६४ जना असहाय र टुहुरा बालबालिकालाई संरक्षण दिइसकेका छन्। उनले बाल संरक्षण केन्द्र स्थापना गरेपछि विभिन्न ठाउँमा समस्यामा परेका बालबालिकालाई ल्याए। पहिलो समूहमा उनले २५ जना बालबालिकालाई हुर्काए। उनले २ वर्षदेखि ७ वर्षसम्मका बालबालिकालाई बालसंरक्षण केन्द्रमा ल्याउने गर्छन्। जसको कोही छैनन्, अनाथ र टुहुरा छन्, त्यस्ता बालबालिकाको अभिभावक बनेका छन् गुरुङ।

मनकारीको सहयोग र आफूसँग भएको मोटरसाइकल बेचेर उनले केन्द्र त स्थापना गरे तर त्यसको सञ्चालनका लागि स्रोत जुटाउन भने सजिलो थिएन। यद्यपि उनलाई सबैभन्दा पहिला उनको घरपरिवार र आफन्तले नै सहयोग गरे। आफन्तबाट सानो–सानो सहयोग लिए। खजुरामा माइतीले दिएको दुई कठ्ठा जग्गा बेचेर शान्तिनगरमा ४ कठ्ठा जग्गा किने। घर बनाए। आफ्नै घरमा बाल संरक्षण केन्द्र राखे। छिमेकीहरू पनि सहयोगी नै पाए। कसैले च्यादर, कसैले भाँडा, कसैले दरी दिएर सहयोग गरे। यस्तै सहयोगमा उनले केन्द्र सञ्चालन गरिरहेका छन्।

विदेशी सहयोग पाउनका लागि धेरै प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले गुरुङले स्थानीयहरूबाटै सहयोग आउने गरेको बताए। अहिले विभिन्न संघ–संस्थाबाट सहयोग आउने गरेको उनी बताउँछन्। पूजा सब्जी मण्डी पसलले हरेक महिना ३० किलो आलु सहयोग गर्ने गरेको उनले जनाए। त्यस्तै, लायन्स क्लब, वातावरण सुधार समाज लगायत विभिन्न संघ–संस्थाले पनि केन्द्रलाई सहयोग गर्दै आएका छन्।

सुरुमा गुरुङले आफ्नी जेठी छोरीको विवाहमा संकलन भएको रकम र सामग्री केन्द्रका लागि प्रयोग गरे। पहिलो समूहबाट हुर्किएका बालबालिकामध्ये कतिपयले जागिर सुरु गरिसकेका छन्। कोही नेपाली सेनामा जागिरे छन् भने कोही विदेश गएका छन्। कोही शिक्षक छन्। उनीहरूले पनि केन्द्रलाई सहयोग गरिरहन्छन्। विदेशमा बस्ने नेपालीले समेत उनलाई सहयोग गर्छन्। 

गुरुङ भन्छन्, ‘हाम्रो केन्द्रलाई ६० प्रतिशतभन्दा बढी सहयोग स्थानीय रूपमै आएको छ।’ उनले केन्द्रमा अहिले दुई जना भान्छामा, तीन जना सरसफाइमा गरी पाँच जनालाई रोजगारीसमेत दिएका छन्। उनले केन्द्रमै एक कठ्ठा जग्गामा तरकारी लगाएका छन्। जसले गर्दा तरकारी किन्नु पर्दैन। काम गर्नसक्ने बालबालिकाले फुर्सदमा तरकारी लगाउने, गोडमेल गर्ने गर्छन्। एउटा भैंसी पनि पालेका छन्, दूधका लागि।

घरबाट निकालिएका गुरुङ

गुरुङका बुबाले सधैं जाँडरक्सी सेवन गर्थे। चाडपर्व आयो भने झनै घरमा झगडा सुरु हुन्थ्यो। ‘खाने जात हो खानुपर्छ’ भन्दै उनका बुबाको जाँडरक्सी खाएर हल्ला गर्ने, घरमा झगडा गर्ने बानी थियो। उनको घरमा दैनिकी नै यही हुने गर्थ्यो। गुरुङले आफ्नो घर मात्र नभएर छिमेकीहरूको घरमा चाडपर्वका बेला भएको झगडा देख्नुपर्थ्यो। त्यसैले उनलाई दिक्क लागिसकेको थियो।

उनले त्यसपछि इसाई धर्ममा जाने निधो गरे। इसाई धर्मबारे बुझे र राम्रो लागेपछि इसाई धर्म नै अँगाले। तर, घरमा भने उनका बुबाले इसाई धर्ममा गएको भन्दै उनलाई बस्न दिएनन्। उनका बुबाले उनलाई घर र धर्ममध्ये एउटा रोज्न लगाएपछि उनले घर छोडे।

आफूले पढेनन् तर अरुलाई पढाए

सुर्खेतको रजेनामा जन्मे पनि गुरुङको बाल्यकाल भने सुर्खेतको गुमीमा बित्यो। दुई भाई दुई बहिन मध्यका जेठो छोरा भएकाले उनले आफूले भने जस्तो र खोजे जस्तो शिक्षा पाउन सकेनन्। उनी १६ वर्षको हुँदा आमाको मृत्यु भयो। आमाको मृत्युपछि उनका बुबाले कान्छी आमा ल्याए।

गुमीकै स्कुलमा कक्षा ५ सम्म पढेका गुरुङ पढाइमा सधैं अगाडि नै हुन्थे। जे कुरा पनि छिटो दिमागमा टिपिहाल्ने तेजिलो दिमाग थियो उनको। पढ्ने इच्छा हुँदाहुँदै पनि पढाइलाई बीचमै छोड्नुपर्ने वाध्यता थियो। घरको आर्थिक अवस्था कमजोर र पढ्ने वातावरण नमिलेपछि उनले पढाइ छोड्नुपर्‍यो। आफूले पढाइ छोड्नुपरे पनि उनले छिन्चुमा राजी र ठकुरीका छोराछोरीलाई लिएर पढाए। त्यति बेला छिन्चुमा स्कुल थिएन। अहिले छिन्चुमा रहेको विद्यालयको स्थापना गुरुङले नै गरेका हुन्।

६४ बालबालिकाका पिता

उनका आफ्नै ६ जना छोरीहरू छन्। ४ जना विवाह गरेर बाहिर छन्। साथमा दुई छोरी छन्। तर, उनी ६ जना छोरीहरूको मात्र होइन थप ६४ जनाका पनि पिता भएका छन्। उनले भने, ‘आफ्ना छोरी साथमा नभए पनि मलाई सन्तानको अभाव छैन।’

केन्द्रमा पहिलो समूहमा २५ जना थिए। त्यसपछि ३९ जना थपिए। घरपरिवारबाटै बेचिएका, अभिभावक नभएका बेसहारा बालबालिकाका अभिभावक बनेका गुरुङलाई सबै बालबालिकाले बुबा भनेर बोलाउँछन्। उनलाई पनि औधि खुशी लाग्छ। भने, ‘सबैले मलाई बुबा भनेर बोलाउँछन्, आफ्ना सबै सन्तान साथमा नभए पनि सन्तानको कमीको महसुस भएको छैन।’ 

बालबालिकाले जब उनलाई बुबा भनेर बोलाउँछन् तब उनलाई गर्व लागेर आउँछ, कि जन्म नदिएका बालबालिकाका लागि आफू अभिभावक बन्न पाएकोम । उनी भन्छन्, ‘भगवानले तँ आँट म पुर्‍याउँछु भन्छन् रे, मैले पनि आँट मात्र गरेको हुँ, भगवानले नै पुर्‍याउनुभएको हो।’ केन्द्रमा अहिले दैलेख, हुम्ला, जुम्ला, सुर्खेत, मुगु, सल्यान, कैलाली, कालीकोट, डोल्पा, रुकुम लगायत जिल्लाका बालकालिका बुसेका छन्। 

बालबालिका प्रेमी

उनलाई एकछिन् बालबालिकाबाट टाढा हुँदा पनि के हराए जस्तो, अनि के नभए जस्तो आभास हुनेगर्छ। बालबालिकासँग रमाउँदाको क्षण कसरी बित्छ उनलाई पत्तै हुँदैन। २००८ सालमा रजेनाको च्यारकुलेमा जन्मिएका मोहनदास बाल्यकालदेखि नै बालबालिकाहरूको दुःख देख्न सक्दैनथे।

बाल्यकालमा उनका बुबाले सधैं बालबालिकालाई गतल बाटोमा लाग्नु हुन्न, जुवातास खेल्नुहुन्न भन्दै सिकाउने गर्थे तर, उनकै बुबाले जाँडरक्सी खानेदेखि जुवा ताससमेत खेल्ने गर्थे। त्यो देखेर गुरुङलाई अचम्म लाग्थ्यो। अरुलाई कूलत बाटोमा लाग्नु हुन्न भन्ने मान्छे आफैं कूलतमा फँसेको उदाहरण उनकै बुबा थिए। उनी भने जे बोलिन्छ त्यो व्यवहारमा देखाउनुपर्छ भन्ने मान्यता राख्थे। उनी सोच्थे, बालबालिकालाई सानैदेखि ज्ञान दिन सक्यो भने भविष्यमा कूलत बाटोमा जाँदैनन्। यही सोचले उनलाई नवजीवन बाल संरक्षण केन्द्र स्थापना गर्न प्रेरित गर्‍यो।

आगामी योजना

नवजीवन बाल संरक्षण केन्द्रमा रहेका बालबालिकालाई राम्रो शिक्षादिक्षा दिने र उनीहरूलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउने गुरुङको सपना छ। उनको आगामी योजना भनेकै  बाल संरक्षण केन्द्रलाई अझै व्यवस्थित बनाउनु हो। केन्द्रमा रहेका बालबालिकालाई भविष्यमा जागिर र स्वरोजगारका लागि भौंतारिन नपरोस् भन्नाका लागि विभिन्न संघ–संस्थासँग समन्यव गरी ती बालबालिकालाई रोजगारी दिलाउने योजना छ उनको।

उनी भन्छन्, ‘नेपाल सरकारले अभिभावकविहीन बालबालिकाको हेरचाह गर्ने संघ–संस्थाका लागि हरेक वर्ष अन्य क्षेत्रमा बजेट छुट्याएजस्तै बजेट छुट्याउनुपर्छ।’ सरकारले बालबिालकाको क्षेत्रमा बजेट छुट्याएमा कोही पनि बालबालिका भोक र रोगले मर्न नपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  २३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्