काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिड्नीमा निकालिएको ‘नेपाल भ्रमण वर्ष’को प्रवद्धनात्मक र्याली रोकिएको भन्ने खबर ‘काल्पनिक’ भएको दाबी गरेका छन्।
प्रवर्द्धनात्मक र व्यावसायिक प्रयोजनका लागि आयोजना गरेको तर स्थानीय सरकारबाट अनुमतिसमेत नलिएको कारण जनाउँदै सिड्नी प्रहरीले पर्यटनमन्त्री नेतृत्वको र्याली रोकेको सिड्नीबाट संचालित न्यूज पोर्टल ‘साउथ एसिया डटकम डट एयू’ले समाचार प्रकाशन गरेको थियो।
मन्त्री भट्टराईले समाजिक संजाल फेसबुकमा त्यसप्रति खण्डन प्रकाशित गर्दै त्यो ‘काल्पनिक र गलत समाचार’ भएको उल्लेख गरेका छन् ।
न्यू साउथ वेल्स प्रान्तका सभामुख, अस्ट्रेलियाका सत्तारुढ तथा प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिले र्यालीमा उपस्थित भएर शुभकामना मन्तव्य पनि व्यक्त गरेको मन्त्री भट्टराईले उल्लेख गरेका छन्।
‘भएको यही हो,’ मन्त्री भट्टले भनेका लेखेका छन्, ‘काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ।’
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।