• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन ऐन संसोधन : द्वन्द्वपीडितसँग परामर्श गर्नुअघि आन्तरिक छलफलमा सरकार

64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  २१:०५
1140x725

काठमाडौं- संक्रमणकालीन न्याय सम्बन्धी ऐन संसोधनका लागि द्वन्द्वपीडितसँग परामर्शमा जानुअघि सरकारले आन्तरिक छलफल थालेको छ। 

कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले परामर्शको विषय, त्यसमा सोधिने प्रश्नावली र त्यसको ढाँचा तयार पार्न पीडित र विज्ञसँग छलफल गरेका हुन्। 

संसोधनका लागि सुझाव संकलन गर्न माघ १ देखि सातै प्रदेशमा गएर द्वन्द्वपीडितसँग छलफल गर्ने तयारी सरकारको छ। त्यसै अनुरुप मन्त्री ज्ञवालीले सोमबार परराष्ट्र मन्त्रालयमा द्वन्द्वपीडितहरूको संस्था द्वन्द्वपीडित साझा चौतारी र केही विज्ञसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। 

१८ पुस २०७० मा सर्वोच्च अदालतले पीडितमैत्री हुने गरी र गम्भीर अपराधका मुद्दामा छुट पीडकलाई छुट्न नदिने गरी ऐन संसोधन गर्न परमादेश दिएको थियो। 

मन्त्री ज्ञवालीले बिहान ८ बजे मानवअधिकारवादी संस्थाका प्रतिनिधि र विज्ञसँग त्यसबारे छलफल गरेका थिए भने दिउँसो १ बजे द्वन्द्वपीडित साझा चौतारीका पदाधिकारीसँग छलफल गरेका थिए। 

छलफलमा सहभागि द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्त्री ज्ञवालीले ऐन संसोधनका विषयमा आफूहरुसँग छलफल गरेको तर आफूहरुले समग्र विषयमा छलफल हुनुपर्ने धारणा राखेको बताए। 

‘मन्त्रीज्यूले ऐन संसोधनका विषयमा सरकार पीडितसँग परामर्शमा जान लागेको कुरा हामीसँग राख्नुभयो,’ अधिकारीले भने, ‘हामीले एैन मात्र नभए संक्रमणकालीन न्यायका समग्र विषयमा छलफल गर्नुपर्छ भन्यौं।’

चौतारीका अध्यक्ष भागिराम चौधरीले ऐन संसोधनका लागि कार्यदल बनाउनु पर्ने र पीडितसँग ‘कलस्टरवाइज’ परामर्श गर्नुपर्ने धारणा राखेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पीडित, मानवअधिकार सुमदाय एवं विषयविज्ञहरु सम्मिलित मस्यौदा कार्यदल गठन गर्नुपर्दछ र सो कार्यदलबाट संशोधन गर्नुपर्ने र नयाँ निर्माण गर्नुपर्ने कानुनहरुको मस्यौदा तयार पार्नुपर्दछ,’ भन्ने धारणा मन्त्रीज्यूसँग हामीले राख्यौं चौधरीले भने। 

मन्त्री ज्ञवालीसँग छलफल गर्न पुगेका चौतारी पदाधिकारीले संक्रमणकालीन न्याय प्रक्रियाको पुनरावलोकन एवम् पीडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रिया अवलम्वनकाका विषयामा ध्यानाकर्षण पत्र समेत बुझाएका  थिए। 

चौतारीका अनुसार ऐन संसोधनका लागि सरकारले सुरु गर्न लागेको परामर्श निम्न ढाँचामा गर्नुपर्ने छः

  • संक्रमणकालीन न्यायको समग्र प्रक्रिया एवम् कानुन संशोधनका लागि प्रस्तावित परामर्श चौतारीसँगको सहकार्य र समन्वयमा हुनुपर्ने 

    max tiger cn

    max tiger cn
    tvs-dashain-2083

    tvs-dashain-2083
  • प्रदेश र केन्द्रमा गरिने परामर्शहरूबाट आएका सुझावहरु अक्षरशः समावेश गरी प्रतिवेदन सार्वजनिक गनुपर्ने 

  • परामर्श केवल ऐनका विषयवस्तुमा सीमित नभएर समग्र संक्रमणकालीन न्याय प्रक्रियामाथि हुनुपर्ने

  • पीडित समुदायसँग गरिने फरक परामर्श दुई चरणमा हुनुपर्ने 

  • पहिलो चरणमा पीडितको प्रकृतिअनुसार हत्या, बेपत्ता, यातना तथा अंगभंग, बलात्कार तथा यौनजन्य हिंसा एवम् सम्पत्ति कब्जा र विस्थापन लगायतका विषयगत रुपमा फरकफरक परामर्श गर्नुपर्ने 

  • आफ्नो सरोकार खुल्ला रुपमा राख्न अप्ठेरो पर्ने वलात्कार वा यौनजन्य हिंसाका पीडितहरुका लागि विशेष परामर्श गर्नुपर्ने 

  • पीडितहरुसंग गरिने दोस्रो चरणको परामर्शमा संक्रमणकालीन न्यायका चार खम्बाहरु (सत्यको अन्वेषण, परिपूरण, अभियोजन, संस्थागत सुधार) मा सबै पीडितहरुबीच समुहगत रुपमा परामर्श गर्नुपर्ने 

  • परामर्शमा विशेष अदालत, सार्वजनिक सुनुवाईका विषयहरु समेत समेट्नु पर्ने र ती परामर्शहरुमा प्रत्येक जिल्ला, हरेक प्रकृति, उमेर समुह, क्षेत्र, लिंग, समुदाय तथा पक्षबाट सहभागिता सुनिश्चित गर्नुपर्ने 

  • परामर्शका प्रश्नावलीहरु द्वन्द्व पीडित, सरोकारवाला एवम् विज्ञहरुसंग पूर्व–परामर्श गरी तय गरिनु पर्ने

  • परामर्शको विषय र प्रश्नावली परामर्श गर्नुभन्दा कम्तिमा दुई दिन पुर्व नै सरोकारवालाहरुलाई उपलव्ध गराउनु पर्ने

  • परामर्शको सम्पुर्ण प्रक्रियाको राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुगमन÷पर्यवेक्षणगर्ने व्यवस्था हुनु पर्ने

पदाधिकारी पनि नियुक्त गरिने
सरकारले ऐन संसोधन र द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाइएका दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी पनि गरेको छ।

त्यसका लागि समितिले ६१ जना ‘योग्य उम्मेदवारहरूको सूची’ सार्वजनिक गरिसकेको छ।

दुई आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले गत चैतमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। 

यसअघि राजनीतिक दल सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष गणेशदत्त भट्टलाई बनाउने र बाँकी सबै पुराना पदाधिकारीलाई दोहोर्‍याउने सहमति गरेका थिए। 

तर, उक्त निर्णयमा पीडितहरू र नागरिक समाजले समेत व्यापक विरोध गरेपछि राजनीतिक दल पुरानालाई दोहोर्‍याउने निर्णयबाट पछि हटेका हुन्। 

सबै नयाँ पदाधिकारी नियुक्त गर्ने राजनीीतक दलको ‘मुड’ अनुसार नै शुक्रबार बसेको सिफारिस समिति बैठकले पदाधिकारीमा पुरानाहरू नदोहोर्या‍उने सहमति गरेको थियो।

सिफारिस समितिको अर्को बैठक बुधवार डाकिएको छ। समितिकी सदस्य शर्मीला कार्कीले आउँदो बैठकमा आयोगका लागि अन्तिम नाम सार्वजनिक गर्ने निर्णय हुने बताइन। 

‘सकेसम्म बुधबार नै त्यो निर्णयमा समिति पुग्छ,’ कार्कीले भनिन्, ‘कुनै कारणवस त्यो दिन नसकिए बिहिबार बैठक बसेर भए पनि टुंग्याउँछौं।’

समितिको सिफारिसपछि सरकारले दुई आयोगमा पदाधिकारी नियुक्त गर्नेछ।

थप समाचार
नसुल्झिएको द्वन्द्वकालीन न्याय: संयन्त्र गठनको विकल्पमा जानुपर्ने बहस 

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्