• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नसुल्झिएको द्वन्द्वकालीन न्याय: संयन्त्र गठनको विकल्पमा जानुपर्ने बहस 

सिफारिस समिति विघटन गर्नुपर्ने द्वन्द्वपीडितको माग 
64x64
नेपाल लाइभ शुक्रबार, पुस ११, २०७६  २०:११
1140x725

काठमाडौं- द्वन्द्वकालीन न्याय प्रक्रियालाई टुंग्याउनेतर्फ कुनै पनि काम नभईरहेका बेला यसमा छुट्टै संयन्त्र बनाएर जानुपर्ने बहस सुरु भएको छ। द्वन्द्वपीडितकोहरुको संस्था द्वन्द्वपीडित साझा चौतारीले संयन्त्र गठन गरिनुपर्ने एक वर्षअघिको आफ्नो मागलाई पुनः अघि सारेको छ।

अघिल्लो साता सकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको राजनीतिक प्रतिवेदनमा पनि संयन्त्र गठनको प्रसंग उठाएपछि चौतारीले पुनः यो बहसको उठान गरेको हो।

कस्तो संयन्त्र?

संयन्त्र गठनमा पीडित र सत्तारुढ राजनीतिक पार्टीले कुरा उठाए पनि कस्तो संयन्त्र बन्छ भन्नेमा भने समान बुझाइ र धारणा छैन। प्रचण्डले पेस गरेको राजनीतिक प्रदिवेदनमा ‘राजनैतिक स्थिरतालाई दिगो बनाउन’ र संक्रमणकालीन न्यायसम्बन्धी आयोगलाई सघाउन राजनीतिक संयन्त्र गठन गर्नुपर्ने उल्लेख छ।

‘राजनीतिक स्थिरतालाई दिगो बनाउन पार्टीले शान्ति प्रक्रियाका बाँकी काम (मुख्यतः सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी काम) पूरा गर्न विशेष जोड दिनु पर्छ,’ प्रचण्डले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘शान्ति प्रक्रिया आफैं एउटा ऐतिहासिक राजनीतिक प्रक्रिया हो। वैधानिक आयोगहरूलाई कार्यसम्पादनमा सहयोग पुर्‍याउन उपयुक्त राजनैतिक संरचना गठनबारे विचार गरी निष्कर्षमा पुग्नु जरुरी छ ।’ 

द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनाइएका न्यायिक प्रकृतिका आयोगको कामलाई सहयोग पुर्‍याउन प्रचण्डले भनेजस्तो संयन्त्र गठन गर्दा हस्तक्षेप हुन्छ कि भन्ने आशंका गर्नेहरु छन्। द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरी संयन्त्र गठन गर्ने प्रचण्डको प्रस्तावमा सकरात्मक छन्। चौधरी पीडित र राजनीतिक दलका प्रतिनिधि बसेर ऐन संसोधनलगायतका विषयमा परामर्श गर्न सजिलो होस् भन्ने उद्देश्यले आफूहरुले त्यस्तो संयन्त्र गठन गर्नुपर्ने कुरा उठाएको बताउँछन्।

‘त्यो कुरा हामीले एक वर्षअघि पनि उठाएका थियौं,’ चौधरीले नेपाल लाइभसँग भने, ‘एउटा संयन्त्र बनाउनुपर्छ जसमा राजनीतिक दल, द्वन्द्वपीडित लगायतको प्रतिनिधित्व होस्। संयन्त्र भयो भने कमसेकम सबैले आफ्ना कुरा राख्ने ठाउँ बन्छ। पीडितले पनि राजनीतिक दलसँग कुरा राख्न सजिलो हुन्छ। ऐन संसोधन लगायतका कुरामा सहमति पनि यसमै होस्।’

सिफारिस समिति विघटन गर्नुपर्ने 

Ncell 2
Ncell 2
nimb
nimb

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको सिफारिस समिति विघटन गर्नुपर्ने भनाइ चौधरीको छ। उनी भन्छन्, ‘अहिलेको सिफारिस समिति विघटन गर्नुपर्छ। यसले गरेको सिफारिस अब कुनै पनि हालतमा मान्य हुने अवस्था छैन।’  गत चैत दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो। समितिले छोटै समयमा नाम सिफारिस गर्ने भनेको भए पनि लामो समयसम्म त्यो काम गर्न सकेन। 

समितिले समयमै नाम सिफारिस गर्न नसक्नुमा राजनीतिक दलको हस्तक्षेप कारक रहेको पीडितहरु ठान्छन्। समितिले गत ३ मंसिरमा मात्रै दुई आयोगका लागि ६१ जनाको रोष्टर सार्वजनिक गरेको थियो । उक्त सूचिमा अधिकांश पुरानै नाम परेका छन्। समितिले सूची सार्वजनिक गर्नुअघि नै राजनीतिक दलका नेताहरु बेपत्ता व्यक्तिको छानबिन आयोगमा सबै पुराना पदाधिकारी दोहो¥याउने र सत्य निरुपण तथा मेलमिलाप आयोगमा गणेशदत्त भट्टलाई नियुक्त गर्न शीर्ष नेताहरू सहमत भएको खबर सार्वजनिक भएको थियो। सिफारिस समितिले सार्वजनिक गरेको सूचीमा समेत ती नाम परेपछि समितिको काममा राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसको चर्को विरोध भएको थियो। 

राष्ट्रिय मानवअधिकार आयोग, द्वन्द्वपीडित साझा चौतारी र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले राजनीतिक हस्तक्षेपले न्यायिक प्रक्रिया निष्पक्ष नहुने भन्दै विरोध गरेका थिए । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले १० मंसिरमा विज्ञप्ति निकाल्दै द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्न बनाइएका दुई आयोग प्रभावकारी हुन नसकेको र आवश्यक कानुनी संरचनाको संसोधनबिनै सरकारले चालेका कदमले आफूहरुलाई चिन्तित बनाएको बताएका थिए। 

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा हुने राजनीतिक नियुक्तिले ती आयोगबाट हुने काम निष्पक्ष र स्वतन्त्र नहुने ती संस्थाहरुको ठहर थियो। ‘पर्याप्त परामर्श र पारदर्शीताबिनै सरकारले लगातार आयुक्तहरु नियुक्त गर्ने प्रयास गर्नु निराशाजनक छ,’ एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसिया निर्देशक बिराज पटनायकले भनेका थिए, ‘यदि राजनीतिक दलहरुले नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेपलाई निरन्तरता दिए भने आयोगले पीडित र अन्तर्राष्ट्रिय समुदायको विश्वास प्राप्त गर्ने छैनन्।’

Xtrem

Xtrem

चौर्तफी विवादको समाना गर्नुपरेपछि आयोगका पदाधिकारी सिफारिस गर्ने प्रक्रिया अहिले लगभग अवरुद्धजस्तै भएको छ। सार्वजनिक भएका नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिको सचिवालयमा सूचना दिन २ मंसिरमै आव्हान गरिएको थियो। त्यसयता सिफारिस समितिको बैठक बस्न सकेको छैन्। समितिका संयोजक मिश्र अमेरिकातिर गएपछि त्यसयता कुनै पनि बैठक बस्न सकेका छैनन्। मिश्र अमेरिकाबाट १३ पुसमा स्वेदश फर्किदै छन्। उनी आएपछि बैठक बस्ने ठानिएको भए पनि त्यसमा केही निर्णय हुने अवस्था भने देखिँदैन।

 ‘संयोजक १३ गते नेपाल आउनुहुन्छ,’  बैठकबारे नेपाल लाइभले चासो राख्दा समितिकी एकजना सदस्य शर्मिला कार्कीले भनिन्, ‘सायद १४ गते नै बैठक बस्छ होला। बैठकचाहिँ बस्छ तर निर्णयबारे अहिलेलाई यत्ति भनौं ।’
याे पनि

द्वन्द्वोत्तर न्यायको सकस-१ : सर्वोच्चले उल्ट्याउला ५ वर्षअघिको आफ्नै फैसला?

द्वन्द्वोत्तर न्यायको सकस-२ : संक्रमणकालीन न्यायमा यस्तो छ राजनीतिक मुड

द्वन्द्वोत्तर न्यायको सकस-३ : यसरी सत्ताको खेल बन्यो संक्रमणकालीन न्यायको मुद्दा

द्वन्द्वोत्तर न्यायको सकस-४ : संक्रमणकालीन न्यायमा घुसेको भू-राजनीति

द्वन्द्वोत्तर न्यायको सकस-५ : संक्रमणकालीन न्यायमा साना दलको सरोकार कति?

द्वन्द्वोत्तर न्यायको सकस-६ : संकट पार लाउने पात्रको खोजी

द्वन्द्वोत्तर न्यायको सकस-७ : संकटमा आयोगको अस्तित्व, उल्झनमा ऐन

खतरा उन्मुख शान्ति प्रक्रियाको ‘नेपाली मोडल’

संक्रमणकालीन न्याय : आफैं सल्टाउने कि विदेशीलाई ठाउँ दिने?

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्