काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले आगामी ४ वर्षका लागि ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद स्रोतका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई नियुक्तिका लागि प्रस्ताव गरेका थिए।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट ढुंगानालाई नियुक्ति गरिएको हो।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँल नेतृत्वको छनोट समितिले ढुंगानासहित बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा केशवप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो।
सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सोधिएको स्पष्टीकरणका विषयमा भने प्रस्ताव नै पेस भएन।
श्रेष्ठलाई अघिल्लो आइतबार ५ दिनको समयावधि दिँदै सरकारले स्पष्टीकरण सोधेको थियो।
श्रेष्ठले बिहीबार नै स्पष्टीकरण दर्ता गराएको भए पनि त्यसबारे सोमबारको बैठकमा प्रस्ताव पेस भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।