हङकङ- हङकङमा भिजिट नेपाल २०२० को रूपमा उद्घाटन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि हङकङमा सोमबार औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन हङकङको एक्सन कमिस्नर, कमिसन अफ टूरिजम मिस चोईले गरेकी थिइन्।
नेपाली महावाणिज्य दूतावास हङकङमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल वायुसेवा निगमको सह-आयोजना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषामा सजिएर भिजिट नेपालको भव्य प्रचार गरिएको हो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
नेपाल भ्रमण वर्षको उद्घाटनलगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रवर्द्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घन्टा हङकङ साइट परिक्रण गरिएको हो।
यसअघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन समिति हङकङ गठन गरिएको थियो।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।