काठमाडौं- नेपाली कांगेसको चुनावी समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ।
केन्द्रीय सदस्य केशव रिजालले केन्द्रीय समिति बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएसँगै कांग्रेसले आइतबार बिहान ११ बजे आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। सो बैठक खड्काप्रति शोक प्रस्ताव पारित गर्ने एजेण्डामा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
उपचारका क्रममा भारतमा निधन भएका खड्काको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेमा राखिने भएको छ।
कांग्रेसको चुनावी समीक्षा बैठक चैत ९ गतेदेखि सुरु भएको थियो। बैठकमा अहिलेसम्म ४३ जनाले धारणा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।