काठमाडौं- मेगा बैंकले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ।
यस बचत खातामा ग्राहकहरूले ६.५ प्रतिशत ब्याज पाउनुका साथै १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था पनि गरिएको छ।
यसैगरी बैंकले ‘मेगा माया बचत खाता’को २०२० संस्करण पनि ल्याएको छ।
यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बिमाको व्यवस्था रहेको बैंकले जनाएको छ।
मेगा बैंकका हाल देशभर १ सय ११ शाखा, २० एक्सटेन्सन काउन्टर, १ सय १४ एटिएम, १ सय १९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सयभन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।