काठमाडौं- यो सातामा कारोबारको लगातार दोश्रो दिन नेपाल स्टक (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।
आइतबार १६ दशमलव शून्य ९ अंकले बढेको परिसूचक सोमबार १८ दशमलव २६ अंकले बढेर १ हजार २ सय दशमलव ६९ अंकमा कायम भएको छ। नेप्से परिसूचक ५ महिनापछि १ हजार २ सयको बिन्दु माथि उक्लिएको हो।
सोमबार १ सय ७८ वटा कम्पनीको २६ लाख ८३ हजार ६ सय १० कित्ता सेयर १० हजार ७ सय २६ पटक खरिदबिक्री हुँदा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार व्यापार समुहको उपसुचक १२ दशमलव २६ अंकले घटेको छ भने बाँकी सबै समुहको उपसुचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समुहको उपसुचक ३३ दशमलव ९८ अंकले बढेको छ।
कारोबार रकमका आधारमा सोमबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताका छन्। वोमीका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता छन्। नेकोका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ९४ प्रतिशतका दरले गुमाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।