काठमाडौं– सरकारले ३ तारे होटल, रिसोर्ट तथा रेष्टुराकाे अनुमति तथा नवीकरण सम्बन्धित प्रदेश कानुनअनुसार गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले तयार पारेको पर्यटन विधेयकमा यस्तो व्यवस्था गर्ने तयारी भएकाे हो। ४ तारे र सो भन्दा माथिल्लो स्तरका होटल तथा रिसाेर्टको अनुमति, नवीकरण तथा शुल्क भने पुरानै व्यवस्थाअनुसार कानुनले तोकेबमाेजिम हुने विधेयकमा उल्लेख गरिएको छ।
अहिले तारे होटल तथा पर्यटकीय होटल, रिसोर्ट तथा रेष्टुराको अनुमति पर्यटन विभागमार्फत् हुँदै आएको थियो।
साथै मन्त्रालयले बनाएकाे विधेयकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्रभित्र विशेष पर्यटकीय होटल, रिसोर्ट तथा रेष्टुरा सञ्चालन गर्न भने वन तथा वातावरण मन्त्रालयको सहमतिमा पर्यटन मन्त्रालयले तोकेबमोजिम अनुमति दिने सक्ने उल्लेख छ। यसैगरी विधेयममा अनुमति प्राप्त होटल, रिसोर्ट एवं रेष्टुराले प्रदान गर्ने सेवा सुविधाको अधिकतम दर वा मूल्यको सूचना ग्राहकले देख्ने र बुझ्ने गरी प्रकाशन गर्नुपर्ने पनि उल्लेख गरिएको छ।
साथै विधेयकमा अनुमति नलिई होटल, रेष्टुरा वा बार सञ्चालन गरेमा पर्यटन विभागले पहिलो पटक २५ हजार जरिवाना गर्दै दर्ता गर्ने आदेश दिने व्यवस्था गरिएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।