काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकिएको छ।
आइतबार शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबारको मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। केही दिनदेखि सुनको मूल्य बढिरहेको छ। गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो। सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ९ सय २० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।