• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चिठीपत्र नहुँदा डाँक एवं पार्सल सेवा रित्ताे

64x64
नेपाल लाइभ सोमबार, पुस २१, २०७६  ०८:५०
1140x725

डाेटी- कुनै  समय थियो, गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे।  प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा  हराइसकेको छ।

गाउँ गाउँमा हुलाक कार्यालय थिए। अहिले जिल्लामा  करिब नौ वटा इलाका र १२ वटा अतिरिक्त कार्यालय मात्र रहेको छन्। जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला हुलाक कार्यालय र  पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा डिभिजन हुलाक कार्यालय यथावत रहेको छ। 

व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँकसेवा, पार्सलजस्ता काममा अहिले डिभिजन तथा जिल्ला हुलाक कार्यालयले काम गर्ने गरेको छ। जिल्लामा रहेका हुलाक कार्यालयले चिठीपत्र नहुँदा डाँक एवं पार्सल सेवा रितो पठाउने गरेका छन्।

डाँकसेवाअन्तर्गत यहाँबाट पूर्वतर्फ हेटौँडा, काठमाडौँ, झापा, नेपालगञ्ज, बर्दिया, चितवन, दाङ, कोहलपुर, भैरहवा, इटहरी, मोरङ, बिर्तामोड, तथा पोखरासम्मको सेवा दिने गरेको थियो। पश्चिमतर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया तथा धनगढीसम्मको सेवा दिने गरेको भए पनि कसैले पनि चिठीपत्र नपठाउँदा हिजोआज रितो डाँक जाने गरेका छन्। 

त्यसैगरी वैदेशिक पार्सल पनि बन्द भएको छ। विगतमा कागजात, सरसामान पार्सलमा आउने र पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै उक्त चिठीपत्र पठाउन रोकिएको बताइएको छ। विगतमा यहाँको क्षेत्रीय हुलाक कार्यालय दिपायलमा महिनामा औषत तीन हजारको सङ्ख्यामा पार्सलको काम हुने गरेको भए पनि अहिले भने सरकारी कार्यालयका पत्र बाहेक अन्य कसैका पनि व्यक्तिगत चिठीपत्र आउने गरेका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

चिठीपत्र नहुँदा यहाँको डिभिजन हुलाक कार्यालय दिपायल राजपुरका कर्मचारी हिजोआज रितो डाँक पठाउन बाध्य भएका छन्। हुलाक कार्यालयमा खासै चिठी पत्र कसैले नपठाउने गरेका कारण कर्मचारी रितो डाँक पठाउने गरेका हुन्। यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्रअर्थात् काठमाडौँमा समेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो डाँक जाने गरेको डिभिजन हुलाक कार्यालय दिपायलका प्रमुख जीतेन्द्र विकले जानकारी दिए।

उनले भने, 'इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहुँच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र पत्र नहुँदा हामी रितो डाँक पठाउन थालेका छौँ।'

सूचना–प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायल राजपुरका स्थानीय टेकबहादुर शाहले बताए। टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायलका स्थानीय दिव्य पाठकले बताए।

उनले भने, 'अति जरुरी काम फोनबाट भइहाल्छ, डकुमेण्ट मेलबाट पठाउने व्यवस्था भएपछि कस्ले कुर्ने हुलाकलाई।' घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम घटेपछि यहाँका डिभिजन हुलाक तथा जिल्ला हुलाक कार्यालय डोटी सरकारी कार्यालयका चिठीको भरमा सञ्चालन भइरहेको छ।

हुलाकमा चिठीपत्र आउन करिब करिब बन्दजस्तै भएपछि यहाँको डिभिजन हुलाक कार्यालय हिजोआज सुनसानजस्तै हुन थालेको स्थानीयवासी बताउँछन्। हुलाकमा पत्र नआउने तथा सेवाग्राही पनि नआउने भएपछि कर्मचारीलाई समेत दिन बिताउन मुस्किल हुने गरेको छ। हुलाक कार्यालयमा पत्र तथा सेवाग्राही नआउने भएपछि कर्मचारी हुलाक कार्यालय खोल्नुभन्दा नखोल्दा नै राम्रो हुने तर्क दिँदै आएका छन्। रासस

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने बिहीबार, असार २५, २०८३
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह बिहीबार, असार २५, २०८३
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्