तनहुँ- चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो।
बालकको शव घरभन्दा दुई/तीन सय मिटर तल बारीमा फेला परेको हाे। चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ।
केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो। भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।