इराक- इराकको संसद्ले एक प्रस्ताव पारित गर्दै सबै विदेशीलाई मुलुक छोड्न आग्रह गरेको छ।
इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई अमेरिकाले इराकको राजधानी बगदादमा मारेपछि इराकी संसद्ले यस्तो प्रस्ताव पारित गरेको हो। हाल इराकमा पाँच हजार सैनिक छन्।
सबै विदेशी सैन्य बललाई इराकको भूमि, हवाई क्षेत्र र जलक्षेत्र प्रयोग गर्नबाट समेत रोक लगाउन संसद्ले सरकारलाई निर्देशन दिएको छ।
उता इराकका प्रधानमन्त्री अब्दुल महदी पनि विदेशी सेनालाई इराक छोड्न आग्रह गरिसकेका छन्।
'इराक़सामु २ विकल्प छन्। हामी तत्काल अमरीकी सैनिकलाई देश छोडाउन नयाँ विधेयक पास गर्छौं वा तालिम मात्र संचालन गर्न पाउने गरी सीमित गर्छौं,' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।