सप्तरी- एपिएफ टोलीले कटुवा पेस्तोल तथा सोको गोली दुई राउन्ड गोली बरामद गरेको छ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-३, गोविन्दपुरबाट पेस्तोल तथा गोली टोलीले बरामद गरेको हो।
बाँसको झ्याङमा प्लास्टिकको झोलामा लुकाईछिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल तथा गोली सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
बोर्डर आउट पोस्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
टोलीले पेस्तोलसँगै रहेको १५ बोतल डाईलेक्स डिसी नामक लागूऔषध समेत बरामद गरेको छ।
टोलीले बरामद गरेको पेस्तोल र सोको गोलीका साथै लागूऔषध ईलाका प्रहरी कार्यालय सखडामा बुझाएको जानकारी दिएको छ।
(प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।