काठमाडौं- नक्कली बिल जारी गरी राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले २ फर्मविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
बिगाले अग्रिम इन्टरप्राइजेज एवं अग्रिम निर्माण सेवाका सञ्चालक काठमाडौं महानगरपालिका-१० का नवीन चौलागाँईसहित ४ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
उनीहरुविरुद्ध १२ करोड ८७ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।
चौलागाँई फर्मका कर्मचारी तोयनाथ अधिकारी तथा उक्त फर्म अडिट गर्ने फर्महरु तामाङ एन्ड एसोसिएट्सका अडिटर रामबहादुर तामाङ र डिके कोइराला एसोसिट्सका अडिटर दिपककुमार कोइराला विरुद्ध मुद्दा दायर गरिएको छ।
यसैगरी काठमाडौं महानगरपालिका-२५ बस्ने सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसमेत गरी २ जना विरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ।
उनीहरुविरुद्ध २ करोड ६४ लाख रुपैयाँ बिगो दाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। झुटो आय विवरण तयार गरी आयकर छली गरेको आरोप उनीहरुमाथि लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।