काठमाडौं- यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।
आइतबार १६ दशमलव शून्य ९ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३१ अंकमा कायम भएको छ।
नेप्सेको यो बिन्दु पछिल्लो ४ महिनायताकै सबैभन्दा बढी हो। गत सेप्टेम्बर ५ (भदौ १९ गते) नेप्से १ हजार १ सय ९१ दशमलव शून्य ७ अंकमा पुगेको थियो। त्यसपछि नेप्सेले कायम गरेको यो नै उच्चतम बिन्दु हो।
आइतबार १ सय ७३ वटा कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता सेयर ९ हजार २ सय ९५ पटक खरिदबिक्री हुँदा ७१ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १२ वटै समुहको उपसूचक हरियो देखिएको छ भने सबैभन्दा धेरै जीवन बीमा समुहको उपसुचक ८३ दशमलव ८६ अंकले बढेको छ।
कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा धेरै ५ करोड ६२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै एनआइसी एसिया बैंकको ४ करोड ३४ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार सबैभन्दा धेरै वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ता छन्। फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।