काठमाडौं- सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँ बढेको छ। योसँगै सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो। गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो।
शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुनः हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी शुक्रबार पनि प्रतितोला ९ सय रुपैयाँमै कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।