काठमाडौं -सतुंगलस्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीले छापा हानी ९ जना बिचौलियालाई पक्राउ गरेको छ। सेवाग्राहीसँग घुस लिई कर्मचारीलाई घुस दिएर छिटो काम गराइदिनेहरुलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो।
सर्वसाधरणको गुनासोका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा सानु भुर्तेल, रबिन तामाङ,रोशन कार्की, पृथ्वी कार्की, किरण तामाङ ,रबि शाह, सुनिल महर्जन, अनिल कुमार चौधरी र अशोक कुमार बलामी छन्।
यसअघि प्रहरीले ताहाचलस्थित श्रम कार्यालयबाट बिचौलियाहरुलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।