काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा करिब एक टन तौल भएको बुद्धको मुर्ती स्थापना गरिएको छ।
सो मुर्ती विमानस्थलको आगमन क्षेत्रतर्फ स्थापना गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले शनिबार सो बुद्धको मुर्ती अनावरण गरेका हुन्।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने योजनाअन्तर्गत बुद्धको प्रतीमा स्थापना गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सरकारले त्रिभूवन विमानस्थलाई बुटिक विमानस्थल बनाउनका लागि विभिन्न सुविधा विस्तार तथा स्तरोन्नति गर्दै आएको छ।
यसका साथै पर्यटक आकर्षण गर्न विमानस्थलमा नेपाली मौलिकता झल्कने कलात्मकतामा जोडसमेत दिइँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।