काठमाडौं- राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभाका उम्मेदवार चयन गरेको छ। सो पार्टीले प्रदेश २ मा मात्रै उम्मेदवारी दिने भएको छ।
शनिबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यादव अन्य र सिंह अल्पसंख्यक समूहबाट उम्मेदवार बन्नेछन्।
आगामी माघ ९ मा प्रदेश २ मा चार सिटका लागि निर्वाचन हुँदैछ। राजपाले नेकपासँग दुईदुई सिटका लागि गठबन्धन गरेको छ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरेको छ।
यसअघि राष्ट्रियसभाका लागि नेकपाले शुक्रबार र नेपाली कांग्रेसले शनिबार उम्मेदवारहरूको नाम सार्वजनिक गरेका छन्।

यो पनि
कांग्रेसले छान्यो राष्ट्रिय सभाका १४ उम्मेदवार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।