काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि आफ्ना १४ उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
कांग्रेसले कर्णाली प्रदेशभन्दा बाहेकका ६ प्रदेशबाट उम्मेद्वारको नाम छनोट गरेको हो। कर्णाली प्रदेशका उम्मेदवारको टुंगो भने साँझसम्ममा लगाइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि कांग्रेसले ६ प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो।
यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवार
प्रदेश १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपाङ्गता
प्रदेश ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी प्रदेश
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता
सुदूरपश्चिम प्रदेश
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।