काठमाडाैं- सत्तारुढ नेपाल कम्युिनस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारकाे टुंगाे लगाएकाे हाे।
माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।
सचिवालय बैठकले सातवटै प्रदेशमा उम्मेदवार हुने व्यक्तिहरुको टुंगाे लगाएको छ। यसपटक यसअघि आएका व्यक्तिहरुलाई नदोहोर्याउने निर्णय बैठकले गरेको छ। पूर्वएमालेलाई ५६ र पूर्वमाओवादीलाई ४४ प्रतिशतका आधारमा भागबन्डा भएकाे हाे।
सचिवालयले प्रवक्ता तथा सचिवालय सदस्य नारायाणकाजी श्रेष्ठ, केन्द्रिय सदस्य बेदुराम भुसाल र पूर्व शिक्षामन्त्री धनीराम पौडेलकी श्रीमती गंगा बेलबासेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राजपासँग निर्वाचन तालमेल गरेको नेकपाले यसअघि राष्ट्रिय सभाको उम्मेदवार बनेकाहरुलाई यसपटक ठाउँ नदिएको हो। अहिले निर्वाचित हुने उम्मेदवारहरुको पदावधी ६ वर्षको हुनेछ।
यस्ताे छ नामावली
प्रदेश १- महिला इन्दु गौतम, दलितमा गोपी अछामी र अन्यमा देवेन्द्र दाहाल
प्रदेश २- महिला तुलसा दाहाल र दलितमा राधेश्याम पासवान
प्रदेश ३- महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल
गण्डकी प्रदेश- अन्यमा नारायाणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने
प्रदेश ५ - विमला घिमिरे, अन्यमा गोपाल भट्टराई र अपाङ्गमा जगप्रसाद भट्टराई
कर्णाली प्रदेश- मायाप्रसाद शर्मा र महिलामा सुनिता विसी
सुदूरपश्चिम- अन्यमा तारामान स्वँर र महिलामा शारदा भट्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।