काठमाडौं– सरकारले पर्यटन विकासका लागि उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद गठन गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको पर्यटन विधेयक २०७६ मा यस्तो व्यवस्था गर्न लागेको हो।
मन्त्रालयले मुलुकको समग्र पर्यटन विकासका लागि एकीकृत नीतिगत मार्गदशनका लागि उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषदको व्यवस्था गर्ने लागेको जनाएको छ। विधेयकबारे मन्त्रालयले छलफल पनि गरिरहेको छ।
परिषदमा ३८ सदस्यको व्यवस्था गर्ने मन्त्रालयको तयारी छ। जसको अध्यक्ष प्रधानमन्त्री रहनेछने् भने उपाध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने विधेयकमा उल्लेख गरिएको छ।
साथै अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण, सहरी विकास र युवा तथा खेलकुद मन्त्री समेत सदस्य रहने व्यवस्था गरिने भएको छ।
यसैगरी सातै प्रदेशका मुख्य मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, प्रदेशमा पर्यटन मन्त्रीहरु, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष, हस्तकला महासंघका अध्यक्ष र अध्यक्षले मनोनयन गर्ने ५ जना पर्यटन व्यवसायी रहनेछन्। परिषदको सदस्य सचिव भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था विधेयकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।