काठमाडौं– मौसम प्रतिकूलताका कारण हवाई उडानमा समस्या देखिएको छ। बिहीबारदेखि उपत्यकालगायत देशभरको मौसममा आएकाे परिवर्तनकाे प्रत्यक्ष असर हवाई क्षेत्रमा पनि देखिएको हाे।
विश्वका विभिन्न गन्तव्यबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरिरहेका विमानहरुले सहज रुपमा अवतरण पाउन सकेका छैनन्। विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या परेको विमानस्थल कार्यालयको भनाइ छ।
उडान तथा अवतरण पुरै ठप्प नभएपनि असहजता भने भएको कार्यालयले जनाएकाे छ। विमानस्थल प्रमुख देवेन्द्र केसीका अनुसार शुक्रबार बिहानदेखि नै आइएफआर प्रविधिबाट उडान तथा अवतरण भइरहेको छ। भिएफआर प्रविधिबाट भने उडान हुन सकेको छैन।
आइएफआर उपकरणको माध्यमबाट गरिने उडान तथा अवतरण हो भने भिएफआर पाइलटले सिधा आँखाले रनवे हेरर अवतरण तथा उडान गर्ने प्रविधि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।