काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २९ अंकले घटेर १ हजार १ सय ६६ दशमलव २१ को बिन्दुमा कायम भएको छ।
बिहीबार १ सय ७० वटा कम्पनीको १६ लाख ६० हजार ४ सय ६ कित्ता सेयर ७ हजार ८३ पटक खरिदबिक्री हुँदा ५३ करोड २२ लाख ११ हजार २ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत, उत्पादन र लघुवित्त समूहको उपसूचक क्रमशः २ दशमलव २४, ४१ दशमलव २२ र १५ दशमलव ५६ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल समूहको उपसूचक ७२ दशमलव ९९ अंकले घटेको छ।
कारोबार रकमका हिसाबले सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउने जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हाइड्रो इलेक्टिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।