काठमाडौं– ३१ वटा चोरी मुद्दा लागेका सुन पसले जेल चलान भएका छन्। पञ्चकन्या ज्वेलर्सका सञ्चालक रुपेश भन्ने रुप बहादुर सुनुवार जेल चलान भएका हुन्।
सिआईबीले गत ५ गते पक्राउ गरेका सुनुवार बुधबार जेल चलान भएका हुन्। उनलाई अदालतले २२ लाख धरौटीमा मागेकामा तिर्न नसकेपछि जेल चलान भएका हुन्।
उनले चोरीका गहना किनेर चोरहरुलाई सहयोग गर्दै आएका छन्। खासगरी राजधानीमा सिक्रि चोर्ने गिरोहसँग उनको मिलेमतो रहेको प्रहरीले जनाएको छ। सस्तो मूल्यमा उनले चोरीका सुनहरु किन्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।