नुवाकोट- नेपाल कम्युनिस्ट पार्टी नुवाकोटका जनपरिषद् प्रमुख विन्तोष सिलवाल (अशोक) बुधबार बट्टारमा पत्रकार सम्मेलन स्थलबाटै पक्राउ परेका छन्।
कार्यक्रम स्थलमा पत्रकार सम्मेलन हुँदै गर्दा अशोक पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले सोधखोज गर्न भन्दै पक्राउ गरेको हो।
बट्टारमा ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्को कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै उनले नुवाकोटका स्थानीय तहको बजेटको ५० प्रतिशत बजेटमा आफूहरुको अधिकार रहेको भन्दै ५ प्रतिशत बजेटमा हक लाग्ने बताए। उनले कुनै पनि स्थानीय तहले आफूहरुलाई ५० प्रतिशत अधिकार नदिए खोसेर लिने चेतावनी दिए।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पर्दापछाडि बसेर बालुवा व्यवसाय सञ्चालन गरेको भन्दै तत्काल त्यस्तो कदम सच्चाउन मागसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।