डडेलधुरा– बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खस्दा जिप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए।
से१च १०६४ नम्बरको जिप नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ। एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए।
जिप दिउँसो साढे १ बजे सडकबाट नदीमा खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।