काठमाडौं- बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले ९ जनालाई पुरस्कृत गरेको छ।
७४.४१ प्रतिशत बेरुजु फर्स्योट गर्दै गृह मन्त्रालय उत्कृष्ट भएको छ। बेरुजु फर्स्योटमा उल्लेखनीय काम गरेको भन्दै गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललाई जनही १० हजार नगदसहित पुरस्कृत गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृहका तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख (उपसचिव) शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई जनही ८ हजार नगदसहित पुरस्कृत गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।