काठमाडौं- सरुवा भएको दुई सातासम्म पनि जिल्लाको कमाण्डमा सम्हाल्दै आएका चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश ३ प्रहरी कार्यालयले निर्देशन दिएको छ।
कार्यालयले उक्त निर्देशन दिँदै पत्र पठाएको हो। प्रहरी प्रधान कार्यालयले दुई साताअघि एसपी मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा सरुवा गरेको थियो। तर मल्ल भने सरुवाबारे आफूलाई जानकारी नै नभएको भन्दै चितवनमै रहेका थिए।
‘चेन अफ कमाण्ड’ नमानेको भन्दै प्रदेश ३ प्रहरी कार्यालयले १२ घण्टाभित्र डिएसपीलाई चार्ज बुझाएर जिल्ला छाड्न निर्देशन दिँदै पत्र लेखेको हो। मल्लको ठाउँमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरुवा गरेको थियो। मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व पिएसओसमेत हन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।