काठमाडौं– महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानिपोखरीले परिचालन गर्दै आएको सादा पोशाकका प्रहरी (घुमुवा) हटाएको छ ।
विभिन्न खबर संकलनका लागि भनेर राखिएका घुमुवाहरुलाई आजबाट हटाइएको मेट्रोका डिआइज विश्वराज पोखरेलले जानकारी दिए ।
मेट्रोबाट परिचालित हुँदै आएका २५ जना घुमुवालाई हटाएर उनीहरुलाई दैनिक अपरशेनका काममा लगाइने मेट्रोले जनाएको छ ।
आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै परिसरका घुमुवाहरु समेत हटाउने तयारी मेट्रोले गरेको छ ।
पछिल्लो समय घुमुवाहरु विभिन्न आपराधिक गिरोहहरु संलग्न रहेको, घुससहित पक्राउ परेका लगायतका घटनाले बद्नाम बन्दै गएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।