भिडन्तमा मृत्यु भएका भारतीय सेनामा कार्यरत सन्दीप रघुनाथ र नेपाली अर्जुन थापामगर
काठमाडौं- कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदाँ एक नेपालीको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत रहेका गोरखाका २५ वर्षीया अर्जुन थापामगरको मृत्यु भएको हो।
दोहोरो भिडन्तमा मृत्यु हुने सैनिकमध्ये उनी एक नेपाली रहेका छन्। उनी गोरखाको विकट रिप गाउँका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ। भारतीय सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए।
पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।
भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।