काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन, पद्यात्राआरोहण र साहसिक खेलको प्रचुर सम्भावना रहेको राष्ट्रपति भण्डारीको भनाइ, लक्ष्य भेटाउन ६० प्रतिशतपर्यटक बढाउनुपर्ने चुनौती ।
२) सीमाविवादमा सुगौली सन्धीको सक्कलनक्सा पेश गर्न सरकारलाई सर्वोच्चको आदेश, लिम्पियाधुरा समेटेर नयाँनक्सासहितको संविधान संशोधनबारे सरकारसँग जवाफमाग ।
३) माघ पहिलो साताभित्र सबै उखु किसानको सबै बक्यौतादिलाइदिने उद्योगमन्त्रीभट्टको प्रतिबद्धता, किसानले भुक्तानीनपाएचिनीमिलमालिकलाई कारबाहीगर्ने आश्वासन ।
४) आइसिसी विश्वकपक्रिकेट लिग–टु अन्तर्गत नेपालले अमेरिका र ओमानसँग खेल्ने एकदिवसीय तालिका सार्वजनिक, विश्वकपपुग्ने बाटोमा नेपालको पहिलो सिरिज ।
५) र,बग्दादस्थित अमेरिकीदूतावासमा हमलापछि अमेरिकाले ७ सय ५० सैनिक इराक पठायो, इरानले निकै ठूलो मूल्य’चुकाउने पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।