आठराई (तेह्रथुम)- सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई संक्रान्तिबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
४१ वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए। एक महिना अघिमात्र संक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि घरबिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई संक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।